Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालजेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या

जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या


रुकुमपश्चिम । असल चालचलन र ५० प्रतिशत कैद भुक्तान गरेका आधारमा बाँकी कैद मिनाहा गरिएका एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेका छन्। गत असोज ३ गते संविधान दिवसका अवसरमा मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद माफी भई कारागार कार्यालय रुकुमबाट मुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

लोकबहादुरले मुसीकोट नगरपालिका–७ साँखकी २८ वर्षीया भावना विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो। लोकबहादुरले अभियोग स्विकार गरेको, दसी प्रमाण र अनुसन्धानका क्रममा समेत खुल्न आएको भन्दै प्रहरीले लोकबहादुरलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

लोकबहादुरले कैदमुक्त भएको २५ दिनपछि असोज २९ गते सोमबार भावनालाई मुसीकोट नगरपालिका–१ खलङ्गा बजारको होटल सत्कारमा हत्या गरेको प्रहरीको दाबी छ। अघिल्लो दिन होटल पुगेका उनीहरूले त्रिवेणी गाउँपालिकाका विकास केसीको नाममा श्रीमान् श्रीमती नाता उल्लेख गरेर होटलको कोठा नम्बर १ बुक गरेका थिए।

दुवै जना २९ गतेदेखि नै सम्पर्कमा नआएपछि ३० गते बिहान बन्द कोठा खोलेर हेर्दा भावनाको शव सिरकले छोपिएको अवस्थामा भेटिएको थियो। लोकबहादुरले भावनाको घाँटीमा धारिलो चक्कु प्रयोग गरी हत्या गरेको डिएसपी भट्टराईले जनाउनुभयो। अनैतिक सम्बन्ध र आर्थिक लेनदेनका कारण हत्या भएको प्रहरीको भनाइ छ। मृतकका श्रीमान् र हत्या आरोपितकी श्रीमती हाल वैदशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, ८५ हजार ८३५ रुपियाँ र मोबाइलसमेत बरामद गरेको छ।

प्रतिवादी कारागारमुक्त भएयता २५ दिनमा १२४ पटक दुई जना बिचमा मोबाइलमा कुराकानी भएको, विक कारागारमा रहँदा मृतक दुई पटक भेट्न गएको कुरा खुल्न आएको प्रहरीले उल्लेख गरेको छ।

हत्या आरोपित लोकबहादुरले बहुविवाह मुद्दामा रुकुम कारागारमा कैद भुक्तान गरेका थिए। उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते एक वर्ष कैद सजाय सुनाएका लोकबहादुर २०७९ फागुन १४ गते कैद परेका थिए। अन्तिम फैसला नहुँदा त्यसअघि उनले २४ दिन कैद भुक्तान गरेका थिए। २०८० माघ १९ गते कैदमुक्त हुुनुपर्ने लोकबहादुरलाई सात महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन रहेको भनी कैद भुक्तान गर्न तीन महिना २३ दिन बाँकी रहँदै मुक्त भएका थिए। प्रहरीले लोकबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ। गोरखापत्र




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य

बागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा

Techie IT