Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसंयुक्त राष्ट्रसंघका महासचिव भेटेर मात्रै परराष्ट्रमन्त्री अमेरिका जाने

संयुक्त राष्ट्रसंघका महासचिव भेटेर मात्रै परराष्ट्रमन्त्री अमेरिका जाने


काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउद संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजसाग भेट गरेर मात्र अमेरिका जाने भएका छन्।

उनी कात्तिक १२ मा मात्र अमेरिकाका लागि काठमाडौँबाट उड्ने गरी कार्यतालिका बनिरहेको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ। परराष्ट्रमन्त्री साउदले कात्तिक ७ देखि ९ सम्म अमेरिका भ्रमण गर्ने समाचारहरु सार्वजनिक भईरहँदा उनको सचिवालयले भने कात्तिक १२ मा मात्रै भ्रमण हुने बताएको हो।

कात्तिक ११ गते राती (१२ गते विहान) संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज नेपाल भ्रमणमा आउँदैछन्। गुटरेजको गत असोज २६ र २७ मा नेपाल भ्रमण हुने बताइएको भएपनि अन्तिम समयमा इजरायल प्लोस्टाइन द्दन्द्दका कारण भ्रमण स्थगित भएको थियो। अब उनी कात्तिक ११ गते राती नेपाल आउन लागेका छन्।

‘परराष्ट्रमन्त्रीले संयुक्त राष्ट्र संघका महासचिवलाई काठमाडौँमा स्वागत गरेर भेटेपछि मात्र अमेरिका जाने तयारी गर्नुभएको छ,’ परराष्ट्रमन्त्रीको सचिवालयले भन्यो,–‘गुटरेज साग १२ कात्तिकमा उहाँले काठमाडौँमा भेटनुहुन्छ, त्यसपछि मात्र अमेरिका जानुहुन्छ।’

मन्त्री साउदलाई अमेरिकी सरकारले वासिङ्टन डीसीमा स्वागत गर्न तयार भएर बसेको छ। पछिल्लो समय अमेरिकाबाट नेपालमा लगातार भ्रमण भइरहँदा नेपालबाट भने भ्रमण हुन सकेको थिएन। अमेरिकी विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालय दुवैले सहकार्य गरी परारष्ट्रमन्त्री साउदको अमेरिका भ्रमण हुन लागेको हो।

मन्त्री साउद सन् २०१८ पछि अमेरिका भ्रमण गर्ने नेपालका उच्च पदाधिकारी हुनेछन्। सन् २०१८ मा केपी ओली सरकारका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यस बेला डिसेम्बर १८ देखि २१ सम्म अमेरिकाको भ्रमण गरेका थिए । त्यस बेला उनले डोनाल्ड ट्रम्प प्रशासनका विदेशमन्त्री माइकल पम्पियोलाई भेटेका थिए। यस पटक साउदले जो बाइडेन प्रशासनका विदेशमन्त्री एन्टोनी ब्लिकेनसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार, अवस्था गम्भीर

काठमाडौँ । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ । छात्राको अवस्था

जापान पठाइदिन्छु भन्दै ३ करोड ठग्ने दुई जना पक्राउ

काठमाडौँ । अरूको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ

स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्तः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ: सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न, पत्रकारको पेसागत सुरक्षा गर्न र अभिव्यक्ति स्वतन्त्रताविरुद्धका गतिविधिलाई निरुत्साहित

पत्रकार महासङ्घकाे केन्द्रीय महाधिवेशन शुरु

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशन काठमाडाैँमा शुरु भएको छ । राष्ट्रिय सभागृहमा शुरु भएको महाधिवेशन भोलिसम्म चल्नेछ ।

कान्ति राजपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । ललितपुरको टिकाभैरब हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ सवारी साधन संचालनमा पूर्ण रुपमा बन्द भएको छ ।

Techie IT