Techie IT
२०८२ भदौ १, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालदसैँका यात्रु बोक्ने चालकले लापसे गरेर गाडी चलाएको भेटियो

दसैँका यात्रु बोक्ने चालकले लापसे गरेर गाडी चलाएको भेटियो


काठमाडौँ । दसैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ । चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो ।

तीमध्ये दुई जना ट्रकका चालक भए पनि दुई जना भने दसैँका यात्रु बोक्ने बसका चालक रहेका छन् । विशेष जाँच अभियानका क्रममा क्रममा काठमाडौँको नागढुङ्गामा लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउँदै गरेका उनीहरुलाई पक्राउ गरी कारबाही अघि बढाइएको कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले आज जानकारी दिए ।

उनका अनुसार ना ७ ख ५३२ नम्बरका ट्रक चालक धादिङको थाक्रे गाउँपालिका-२ का २९ वर्षीय रामकुमार सुवेदी, बा ४ ख ५७४८ नम्बरका बस चालक काठमाडौँको तारकेश्वर नगरपालिक-१ का २६ वर्षीय दिपेश सापकोटा, प्रदेश ३०१००६ ख २५४६ नम्बरका ट्रकचालक काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-९ का ३१ वर्षीय रामकुमार गौतम र ना ६ ख ९६९३ नम्बरका बस चालक कैलालीको धनगढी उपमहानगरपालिका-१ बस्ने ४४ वर्षीय दीप श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको उनले बताए। आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा र यात्राका क्रममा कुनै समस्या परेमा यात्रुले तत्काल नजिकैको यात्रु सहायता कक्ष, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नसमेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

नेपालीहरुको महान् चाड विजयादशमी, शुभ दीपावली र छठ पर्वलाई मध्यनजर गरी काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले विशेष जाँच अभियान चलाइरहेको छ । चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको सुरक्षा, सहज आवात(जावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले उपत्यकाका विभिन्न स्थान तथा नाकामा मापसे, लापसेलगायतका अन्य विशेष सवारीसाधन तथा चालकमाथि ट्राफिक प्रहरीले जाँच गर्दै आएको छ ।

चाडपर्वको मौका छोपी सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने, टिकटमा कालोबजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्याई बाटोमै अलपत्र पार्नेजस्ता कार्यको अनुगमनका लागि सादा पोशाकमा समेत ट्राफिक प्रहरी परिचालन गरिएको भट्टले बताए । प्रहरीले काठमाडौँ उपत्यकाको १६ स्थानमा राखिएका यात्रु सहायता कक्षमार्फत यात्रुलाई परेका विभिन्न समस्या समाधानसमेत गरिँदै आएको पनि प्रवक्ता भट्टले जानकारी दिए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा, साउन ३१ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको…

काठमाडौं । कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले बोधगयामा भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आगामी भारत भ्रमणमा समकक्षी नरेन्द्र मोदीसँग बोधगयामा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।

Techie IT