Techie IT
२०८० मंसीर १४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालमेची-काली अभियानले फेरियो चन्द्रकलाको जीवन

मेची-काली अभियानले फेरियो चन्द्रकलाको जीवन


काठमाडौँ । कोल्वी–८, नयाँबस्ती, बाराकी चन्द्रकला तिमल्सिनाकोे घर कुनै गाईगोठभन्दा कम छैन । उमेरले १५ टेक्दै गरेकी उनलाई जन्मदै बौद्धिक अपाङ्गता थियो । साठीको नजिक पुग्नुभएको बुबा मुक्तिनारायण व्यवहारको दलदलमा यसरी फसेका छन् कि लाग्छ परिस्थिति अब उनको नियन्त्रण बाहिर छ ।

चन्द्रकलाकी आमा मुक्तिनारायणकी चौथो श्रीमती हुन् । उनी अघिका तीन श्रीमतीले छाडेपछि चन्द्रकलाको आमासँग उनको विवाह भयो । साथमा माइली श्रीमतीबाट जन्मेको आकाश छन् । पैसा कमाउन भारत लागेका उनी फर्कदा मनोरोगी भएर फर्किएका थिए । उनी दिनभर घर बस्दैनन् । दिनभर गाउँ डुलिरहन्छन् र भोक लागेपछि घर आउँछन् । घर बाहिर फलैंचामा नै उनको विस्तरा छ । चरालाई चारा राखिदिए झैं गरी उनलाई डोरीमा थाल झुण्डाएर खाना राख्ने गरेको रहेछ । आकाश कुनबेला आएर खान्छन् र जान्छन् कसैलाई थाहा हुँदैन ।

चन्द्रकला आफूलाई दिशापिसाव लागेको समेत थाहा पाउँदिनन् । उनको स्याहारसुसार र घरधन्दा मनोरोगी आमाको जिम्मेवारीमा छ । साथमा एउटा गाई, केही बाख्रा र कुखुरा पालेका छन्, ६० वर्षीय मुक्तिनारायण सकिनसकी घाँस काट्न जान्छन्, दाउरा खोज्छन्, गाईबस्तुको कुँडोपानी गर्छन् ।

मानव सेवा आश्रमका उद्धार टोली चन्द्रकलाको घर पुग्दा सबै गाउँले जम्मा भएर उनको उद्धार गर्न अनुनय विनय गर्न थाले । उनको उद्धारले परिवारमा थप सहजता मिल्ने र चन्द्रकलाको आगामी जीवन थप सहर बनाउन सकिने निचोडसहित यात्रीले चन्द्रकलाको उद्धार गरे । उनीसहित हिजो उद्धार गरिएकाहरुलाई मानव सेवा आश्रम वीरगञ्ज शाखामा राखिएको छ ।

यतिबेला देश दशैंमय भएको छ । मीठो खाने, राम्रो लगाउने, परिवारजन भेला हुने र सद्भाव बाढ्ने, अग्रजको आशीर्वाद ग्रहण गर्ने जस्ता क्रियाकलापमा सिंगो नेपाली समाज रमाइरहदा मानव सेवा आश्रमले भने यस पटकको दशैं फरक तरिकाले मनाइरहेको छ । ‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले गत असोज २७ गतेदेखि आगामी मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गरेको छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरुको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै दशैं, तिहार, छठजस्ता पर्वहरु मनाउने गरी सो अभियान सञ्चालन गरिएको हो ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पूर्व–पश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बागमती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी अभियान सञ्चालन गरिएको मानव सेवा आश्रम केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । विगत वर्षहरुमा पुस÷माघको जाडो याममा सञ्चालन गरिने गरेको यस किसिमको अभियान यसपटक नेपालीको मुख्य चाडलाई लक्षित गरी सञ्चालन गरिएको उनले बताए । उहाँका अनुसार यस अभियानमा करिब तीन सय जनाको उद्धार गरिनेछ ।

गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै एक कार्यक्रमबीच यात्रीहरुलाई बिदाइ गर्दै यो अभियानले आफूलाई हर्षित तुल्याएको र चाडपर्वका बेलामा अब असहायलाई सडकबाट उद्धार गरी आश्रय दिनु महत्वपूर्ण विषय भएको बताएका थिए । राजनीतिक दबाब र तनावपूर्ण चुनौती मात्रै नभई समाजसेवा झन बढी महत्वपूर्ण रहेको अनुभूति गर्ने अवसर यो कार्यक्रमले आफूलाई दिएको उनको भनाइ थियो ।

अठ्तीस दिनसम्म सञ्चालन हुने अभियानमा आश्रमका ३८ जना स्वयंसेवकको सहभागिता छ । यात्रीहरुले असोज २७ गते पूर्वीनाका मेची पुलमा पुगेर दीप प्रज्ज्वलन गरी उद्धार कार्यको शुभारम्भ गरेका थिए । कोशी प्रदेशमा चार दिन बिताएर मधेश प्रदेश केन्द्रित भएका उद्धार टोलीले हिजोसम्म ८३ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिसकेको छ । उद्धार गरिएकाहरुमध्ये अधिकांश मनोरोगी छन् ।

यसपटक यस अभियानलाई अझ प्रभावकारी बनाउन वरिष्ठ समाजसेवी एवं आनी छोइङ डोल्मा फाउण्डेशनकी अध्यक्ष आनी छोइङ डोल्मा पनि सहभागी हुनुभएको छ । यात्राको सम्पूर्ण खर्च सोही फाउण्डेसनले बेहोरिरहेको छ । संसारलाई महँगोमा गीत सुनाएर आफूले प्राप्त गरेको अधिकांश पारिश्रमिक समाज सेवामा लगाउँदै आइरहेकी आनी छोइङ डोल्मा यतिखेर सहयोगापेक्षीहरुको उद्धार, नुवाइधुवाई र सरसफाइमा रमाइरहहेकी छन् ।

मानव सेवाभन्दा अर्को महान् धर्म केही नभएकाले आफू पनि यस अभियानमा जोडिएको समाजसेवी आनी छोइङले बताइन् । उनी भन्छिन्, ‘दीनदुःखी र असहायको सेवा गर्दा मनमा शान्ति मिल्छ, पुण्य संग्रह बढ्छ । मानव सेवा आश्रमले गरिरहेको सत्कर्मको पुण्य मलाई पनि मिलोस् भनेर अभियानलाई साथ दिएकी हुँ ।’’ मानिसका गलत सोच, व्यवहारलाई सुधार गर्नु पनि समाजसेवा नै हो । सकारात्मक सन्देश दिन र राम्रो कामको देखासिकी गराउन यस्ता अभियानहरु सार्थक रहने उनको भनाइ छ ।

मानव सेवा आश्रमका देशका सातै प्रदेशका १९ जिल्लामा २४ वटा सेवा केन्द्र छन् । ती केन्द्रहरुबाट हालसम्म आठ हजारभन्दा बढीको उद्धार गरिएको छ र हाल १६ सय जना संरक्षणमा छन् । तीमध्ये करिब सय बालबालिका छन् भने एक हजार मानसिक समस्या भएका व्यक्ति छन् । यसअघि पनि आश्रमले मेची महाकाली अभियान चलाइसकेको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पार्टी अध्यक्ष पदका लागि चुनाव लड्ने छैनन् इमरान खान, अब…

एजेन्सी । पाकिस्तानमा चुनावी उथलपुथलका बीच पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) का वरिष्ठ उपाध्यक्ष शेर अफजल मारवतले ब्यारिस्टर गौहर खान

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन्। जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री

फेवातालको मापदण्ड कार्यान्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

काठमाडौँ। फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार ४ गते भएको फैसलाको कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको

विशेष अदालतको अध्यक्षमा कुँवर नियुक्त

काठमाडौँ। सरकारले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवरलाई नियुक्त गरेको छ। आज बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले कुँवरलाई विशेष अदालतको अध्यक्ष

परराष्ट्रमन्त्री साउद कतार जाँदै, विपिनको रिहाइका लागि पहल गर्ने

काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्। हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि

Techie IT