गृहपृष्ठ ∕
नेपाल ∕
स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
हेटौँडा । काठमाडौँबाट हेटौँडातर्फ आउँदैगरेको स्कुटर मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा बुधवार साँझ ५ बजेर ४० मिनेटमा दुर्घटना हुँदा स्कुटर चालक श्रीमान् घाइते भएका छन् स्कुटर पछाडि बस्ने उनको श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा स्कुटर पछाडि बस्ने काठमाडौँ महानगरपालिका वडा २७ महाबौद्ध निवासी ६२ वर्षकी राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
उपचारको क्रममा बुधवार ७ बजेर २० मिनेटको समयमा हेटौँडा अस्पतालका डाक्टरले मृत घोषणा गरेको उहाँले बताए । स्कुटर दुर्घटनामा चालक काठमाडौँ महानगरपालिका वडा २७ महाबौद्ध निवासी ६५ वर्षका शशिराज पाण्डे घाइते भएका छन् । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो