Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालरगत पाउन समस्या, रक्तदान गर्न आह्वान

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान


भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै रगत अभाव भएको छ । दसैँ सुरु भएदेखि नै रक्तदानलगायत रगत उपलब्ध हुने कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैङ्कमा समेत रगतको अभाव भएको छ । रक्तदान नहुँदा रगतको अभाव चुलिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका निवर्तमान अध्यक्ष एवम् केन्द्रीय सहमहामन्त्री मनोजकुमार थापाले जानकारी दिए ।

उनले चाडबाडको बेलामा रक्तदानलगायत कार्यक्रम नहुँदा रगत अभाव भएको बताउँदै मागअनुसार रगत उपलब्ध गराउन नसकेको बताए । यद्यपि रगत लिन भक्तपुर आउने बिरामीका परिवारलाई रित्तो फर्कनुपर्ने अवस्था भने नआएको बताए ।

सहमहामन्त्री थापाले भने, “यतिखेर देशव्यापी रुपमै रगतको अभाव चुलिएको छ । दसैँका कारण रक्तदान कार्यक्रम हुन सकेको छैन, भक्तपुरमा पनि रगतको अभाव छ, दैनिक ३० देखि ३५ पिन्ट रगत उपलब्ध गराउँदै आएका छौँ, तर माग भने दैनिक एक सय ५० पिन्टसम्म हुने गरेको छ, रगत लिन भक्तपुर आउनेलाई एक पिन्ट मात्रै भए पनि दिएका छौँ, रित्तो फर्कनुपरेको छैन ।”

रक्तदान नहुँदा आपतकालीन अवस्थाका बिरामीका लागि रेडक्रसले रक्तदाताहरुलाई फोन गरेर बोलाउँदै रगत सङ्कलन गरेर पठाउने गरेको थापाले बताए । भक्तपुरमा मात्रै नभई काठमाडौँ उपत्यकालगायत काभ्रेपलाञ्चोक र उपत्यकाबाहिरबाट समेत रगत लिन भक्तपुर आउने हुँदा भक्तपुरमा माग बढी देखिएको हो ।

उनले आफ्नो एक पिन्ट रगतले अरुको ज्यान बाँच्ने भएकाले यो पुण्य काममा रक्तदान गरेर सहयोग गर्न सबैमा आह्वान गरे । भक्तपुरमा रगतको माग बढेको र रक्तदान हुन छाडेपछि रक्तदाताको लिष्ट हेर्दै दातालाई बोलाएर रक्तदान गराएर सङ्कलन गर्नु गरिरहेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय पार्षद सुशील बस्नेतले जानकारी दिए ।

उनले भने, “दसैँको अष्टमीदेखि दशमीसम्म मेरो बसाइ नै रेडक्रस सोसाइटी भक्तपुर कार्यालयमै भयो, रगतको माग अत्यधिक भएपछि दाताको नाम हेर्दै बोलाउँदै रक्तदान गर्न लगाइयो, हिजो बिहीबार पनि मलगायत मैले भनेर भाइ, बहिनी र साथीलाई कार्यालयमै गएर रक्तदान गर्यौँ ।”

उनका अनुसार ठूला अस्पतालमा दसैँको समयमा ठूला शल्यक्रिया नभए पनि रक्त क्यान्सरका बिरामी, दुर्घटनाका बिरामी र डेङ्गुका बिरामीका लागि रगतको माग बढेको छ । डेङ्गुका बिरामी बढ्दै गएपछि रगतको माग पनि बढ्दै गएको हो भन्दै उनले दैनिक एक सय ५० जना रगत लिन कार्यालयमै आउने र रगत माग्दै सयौँ कल फोन आउने गरेको बताए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT