Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालमेलम्चीमा खानेपानी समस्या समाधान हुँदै

मेलम्चीमा खानेपानी समस्या समाधान हुँदै


मेलम्ची । मेलम्ची भन्ने बित्तिकै खानेपानीको मुहान भनेर चिन्ने गरेपनि मेलम्ची बजारकै नागरिकले खानेपानीको अभाव झेल्दै आएका थिए ।

अब भने मेलम्ची नगरपालिका–११ मेलम्ची बजारका स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान हुने भएको छ । बजारका घरमा खानेपानीको धारा जडान गरेर खानेपानीको सुविधा पु¥याउने गरी योजना सञ्चालन भएपछि खानेपानीको समस्या समाधान हुनेमा स्थानीय ढुक्क भएका छन् ।

विसं २०७० भन्दाअघिदेखि योजना सञ्चालन भए पनि विविध कारणले सम्पन्न हुन नसकेको बजार खानेपानी योजना यतिखेर अन्तिम चरणमा पुगेको वडा नम्बर ११ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए ।

अहिले बजारको तीन सय १० घरधुरीलाई पानी वितरण गर्ने गरी काम भइरहेको तामाङले बताए । खानेपानी तथा सरसफाइ कार्यालय सिन्धुपाल्चोकले ट्याङ्की निर्माण गरे पनि बजारसम्म पानी पु¥याउन सकिएको छैन ।

सङ्घीय खानेपानी कार्यालय भक्तपुरबाट कटुञ्जे बढरे खोला मुहानमा इन्टेक निर्माण, मुख्य पाइपलाइन व्यवस्थापन र मुहान संरक्षणका काम गरेपछि बजारमा खानेपानीको योजना पुनः सञ्चालनमा आएको वडाध्यक्ष तामाङले बताए ।

आर्थिक वर्ष ७८ ७९ मा जिल्ला समन्वय समिति सिन्धुपाल्चोक र मेलम्ची नगरपालिकाको साझेदारीमा रु ४० लाख बजेट विनियोजन भएको थियो । आब ७८र७९ मा बजेट विनियोजन भए पनि ७९ ८० मा खरिद प्रक्रियामार्फत खर्च गरिएको हो ।

सो बजेटबाट मुहानदेखि बजारसम्म पानीको पाइप बिच्छ्याउने काम भएको वडाध्यक्ष तामाङले बताए । आब ८० ८१ मा नगरपालिका आफैँले रु १० लाख बजेट विनियोजन गरेर पाइप वितरणको काम गरेको तामाङको भनाइ छ ।

नगरपालिकाले बजार खानेपानीको लागि बजेट हालेपछि अहिले घरघरमा पानी पु¥याउन पाइप बिच्छ्याउने काम अन्तिम चरणमा पुगेको हो । नगरपालिकाको सबैभन्दा ठूलो बजारको रुपमा रहेको मेलम्चीमै पानीको अभाव भएपछि विशेष महत्वका साथ काम भइरहेको नगरप्रमुख आइतमान तामाङले बताए ।

इन्द्रावती, पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकाको समेत केन्द्र रहेको मेलम्ची बजारको खानेपानीको समस्या समाधान गर्नु नगरको मुख्य जिम्मेवारी रहेकाले अहिले तीव्र गतिमा काम भइरहेको र अब छिट्टै खानेपानीको समस्या समाधान हुने उनले बताए ।

स्थानीय तह आएको पहिलो वर्षनै स्थानीयका घरघरमा चौबिसै घन्टा स्वच्छ खानेपानी पु¥याउने लक्ष्य लिइए पनि केही प्राविधिक समस्याका कारण समय लम्बिएको बताउने गरिएको छ । बजारका नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले विसं २०७० देखिनै काम सुरु भए पनि अहिले योजनाले मूर्तरुप लिन लागेको हो ।

“हामी प्राविधिकरुपमा देखिएको समस्याको पहिचान गर्दै पानी वितरण परीक्षण पनि गरिरहेका छौँ, आयोजनाको काम छिट्टै सक्ने योजनामा छौँ”, वडाध्यक्ष तामाङले भने । हाम्रो उद्देश्य भनेकै बजारको खानेपानीको समस्या अन्त्य गर्ने हो । आयोजनाको भण्डारण ट्याङ्की निर्माण र पाइप ओछ्याउनेलगायतका भौतिक पूर्वाधारको सम्पूर्ण काम सम्पन्न भइसकेको छ ।

भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि परीक्षणस्वरुप हालै मेलम्ची बजारमा पानी झारिएको छ भने पानी वितरणका लागि व्यवस्था गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम भइरहेको छ । मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रियासमेत भइरहेको छ ।

आयोजना सम्पन्न भएपछि बजारमा पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाइने मेलम्ची नगर उपप्रमुख उमा प्रधानले बताए । “अब केही समयमै बजारका नागरिकले स्वच्छ खानेपानी पाउँदैछन्, यो सुखद् पक्ष हो”, उनले भने । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT