Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालसंयुक्त राष्ट्र संघका महासचिव गुटरेस नेपालमा, परराष्ट्रमन्त्री साउदद्वारा स्वागत

संयुक्त राष्ट्र संघका महासचिव गुटरेस नेपालमा, परराष्ट्रमन्त्री साउदद्वारा स्वागत


काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस नेपाल आइपुगेका छन् । यसक्रममा उनले नेपालको चारदिनसम्म भ्रमण गर्नेछन् । राति एक बजे उनी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमै स्वागत गरे । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उनले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसको व्यवस्था गर्न सरकारले पत्राचार गरिसकेको छ ।

यसका लागि सचिवालयले बैठक कक्षको सजावटलगायतका काम अघि बढाएको छ । आइतबार पनि प्रतिनिधि सभाको बैठक डाकिएकाले केही तयारी भने बैठकपछि मात्र हुनेछ ।

आइतबार नेपाल आइसकेका महासचिव गुटेर्रेसले मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको बैठकमा सम्बोधन गर्ने कार्यतालिका तय भएको थियो । सम्बोधनको जानकारी आइतबार प्रतिनिधि सभामा पनि दिइनेछ ।

मङ्गलबार अपराह्न बस्ने संयुक्त बैठकमा गुटेर्रेसले सम्बोधन गर्नेछन् । सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले सचिवालयले तयारीलाई अन्तिम चरणमा पु¥याएको बताए । गिरीले भने, “सरकारको पत्राचार अनुसार हामीले तयारी अघि बढाएका छौँ । सचिवालयले केही आन्तरिक सजावटलगायतका काम भने आइतबार प्रतिनिधि सभाको बैठकपछि गर्ने तयारी छ ।”

महासचिव गुटेर्रेसले संसद् भवनकै स्काई हलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई सामूहिक रूपमा भेटको कार्यक्रम पनि तय भएको छ । स्काई हलका भेट र प्रतिनिधि सभाको बैठकका कारण संयुक्त बैठक बस्ने प्रतिनिधि सभाको बैठक कक्षको आन्तरिक सजावट भने आइतबारपछि मात्र गर्न लागिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT