Techie IT
२०८२ साउन १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालपरराष्ट्रमन्त्री साउद तथा अमेरिकी विदेशमन्त्री ब्लिन्केन बीच डिसीमा भेटवार्ता

परराष्ट्रमन्त्री साउद तथा अमेरिकी विदेशमन्त्री ब्लिन्केन बीच डिसीमा भेटवार्ता


वाशिंगटन, डी.सी.। परराष्ट्रमन्त्री एन.पी. साउदले आज वाशिंगटन, डी.सी.स्थित डिपार्टमेन्ट अफ स्टेट (विदेश बिभाग)का अमेरिकी विदेश सचिव एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गरे। साथै द्विपक्षीय सम्बन्धमा साझा हितका विषय तथा साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान भयो।

भेटमा दुवै पक्षले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा संलग्नतालाई विस्तार र प्रगाढ बनाउने प्रतिबद्धता नवीकरण गरेका थिए।

नेपाल अतिकम विकसित मुलुकबाट क्रमस वृद्धि भएको सन्दर्भमा परराष्ट्रमन्त्री साउदले अमेरिकाबाट व्यापार तथा लगानी, बजार पहुँच, कृषिको विकास, खाद्य सुरक्षा, विकास लगायत सूचना प्रविधि (आईटी) क्षेत्र र नयाँ प्रविधिका क्षेत्रमा थप सहयोग गर्न आह्वान गरे।

परराष्ट्रमन्त्रि साउदले नेपालका लागि नयाँ निर्यातयोग्य वस्तुहरू थपेर नेपाल व्यापार प्राथमिकता कार्यक्रम र जिएसपी सुविधाहरूको पुनः इजाजतर विस्तारका लागि संयुक्त राज्य अमेरिकालाई अनुरोध गरे।

मन्त्री साउदले युएसएआईडी र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसि) मार्फत हालै अमेरिकी सहयोग लगायत नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिए। दुवै पक्षले एमसिसि अन्तर्गतका परियोजनाहरूको पारस्परिक रुपमा कार्यान्वयनको महत्त्वमा जोड दिनु भएको थियो।

प्रजातान्त्रिक शासनको सुदृढीकरणमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै ब्लिन्केनले अमेरिकी सरकार नेपाललाई बलियो र समृद्ध लोकतन्त्रको रुपमा हेर्न चाहेको बताए। विदेश सचिव ब्लिन्केनले परराष्ट्रमन्त्रीलाई नेपालको विकास प्रयासमा अमेरिकाले सहयोग जारी राख्ने आश्वासन दिए।

मन्त्री साउदले सचिव ब्लिनकेनलाई उपयुक्त समयमा नेपाल भ्रमणको निमन्त्रणा दिए। बैठकमा परराष्ट्रमन्त्रीले परराष्ट्र मन्त्रालयको अतिथि पुस्तकमा हस्ताक्षर गरे।

द्विपक्षीय भेटमा मन्त्री साउदका साथमा राजदूत श्रीधर खत्रीको साथमा दूतावासका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो भने सचिव ब्लिन्केनका साथ सहायक सचिव डोनाल्ड लु, राजदूत डीन थम्पसन र राज्य विभागका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

लगत्तै साँझ राजदूत श्रीधर खत्रीलेले परराष्ट्रमन्त्रीको सम्मानमा उहाँको निवासमा ‘व्हाइट हाउस, विदेश बिभाग, युएसएआइडी र एमसीसीलगायतका अमेरिकी निकायका वरिष्ठ अधिकारीहरुको उपस्थितिमा स्वागत समारोह आयोजना गरेको थियो। साथै कूटनीतिक बिशेष व्यक्तित्वहरुको साथै नेपाली समुदायहरुको पनि उपस्थिति रहेको थियो।

परराष्ट्रमन्त्री द्विपक्षीय भ्रमणका लागि आज बिहान वासिङ्टन डिसी पुगेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

गुल्मी । गुल्मीका किसानहरु यतिबेला खेतमा धान रोपाइँमा व्यस्त बनेका छन । वर्षा शुरु भएसँगै यहाँका किसानहरुलाई खेत रोपाइँको चटारो

भोटेकोशीमा बाढी: रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएको छ । बाढीलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको

नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

काठमाडाैँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । अघिल्लो हप्ता अमेरिकी सरकारले

नगरप्रमुख भट्टराईले माइतीघरमा शुरु गरे सत्याग्रह

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई कपाल मुण्डन गरी काठमाडौंको माइतीघरमण्डलामा सत्याग्रहमा बसेका छन् । सिंहदरबारको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा अघि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको क्षमता

कोशी प्रदेशमा व्यावसायिक कफीखेती

काठमाडौं । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती शुरु गरिएका छन् । प्रदेशको दुई

Techie IT