विश्व शान्तिका लागि महासचिव गुटेरेसको अपिल
लुम्बिनी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेर विश्व शान्तिका लागि अपिल गरेका छन्। मंगलबार लुम्बिनी पुगेका महासचिव गुटेरेसले विश्व शान्ति तथा मानव समुदायबीचको सद्भाव र भातृत्वका लागि अपिल गरेका हुन्।
नेपालको चार दिने भ्रमणमा रहेका गुटेरेसले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका हुन्।
गौतमबुद्धको जन्मभूमि लुम्बिनीको मायादेवी मन्दिरबाट विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई खुसी लागेको भन्दै गुटेरेसले युद्धरत मुलुकलाई शान्तिको बाटोमा लाग्न आग्रह गरे।
उनले संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण भएको बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा महासचिव गुटेरेस शनिबार राति काठमाडौँ आएका हुन्। महासचिव गुटेरेस आजै अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो