Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालबजारमा देखिएको चिनी अभाव हटाउन भारतसँग कूटनीतिक पहल जारी

बजारमा देखिएको चिनी अभाव हटाउन भारतसँग कूटनीतिक पहल जारी


काठमाडौँ। भारतले चिनी निर्यातमा कडाइ गरेको कारण नेपालमा चिनीको हाहाकार छ। नेपाली बजारमा चिनीको अभाव भइरहेको बेला सरकारले कुटनीतिक पहल गरिरहेको जिकिर गरेको छ।

तर, बजारमा महँगोमा चिनी बिक्री गर्नका लागि सरकारले निर्यातमा ध्यान नदिदा चिनीको हाहाकार भएको उपभोक्ताहरुले बताईरहेका बेला सरकारले भने भारतसँग कुटनीतिक पहल जारी राखेको बताएको छ।

संसद्‌को कृषि समितिमा उद्योग मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले भारतसँग कूटनीतिक लबिइङसँगै स्वदेशका किसानलाई प्रोत्साहन गर्ने विकल्पमा कुरा भइरहेको जनाए।
नेपालमा वार्षिक तीन लाख टन चिनीको माग रहे पनि उत्पादन साढे एक लाख टन हाराहारीमा छ। भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि समस्या देखिएको मन्त्रालयको भनाइ छ।

स्वदेशी उत्पादनको चिनी सकिएको र भारतलगायतबाट आयात हुने चिनी नआएका कारण बजारमा चिनीको अभाव भएको व्यापारीहरुले बताएका छन्।

गत वर्ष नेपालमा ११ वटा चिनी मिलले मात्रै उखु क्रसिङ गरेर चिनी उत्पादन गरेको नेपाल चिनी उत्पादक संघले जनाएको छ। ति उद्योगमार्फत एक लाख २० हजार मेट्रिकटन चिनी उत्पादन भएकोमा धेरै मिलले चिनी बिक्री गरिसकेको र भारतबाट चिनी अयात हुन नसक्दा समस्या परेको संघका महासचिव राजकुमार अग्रवालले बताएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT