गृहपृष्ठ ∕ नेपाल ∕ मन्त्री साउद र सिनेटर होलेनबीच भेटघाटमन्त्री साउद र सिनेटर होलेनबीच भेटघाट नेपालीपत्र बिहीबार, २०८० कात्तिक १६ गते, १२:१० मा प्रकाशित नेपाल वासिङ्टन डिसी। परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच भेटघाट भएको छ।भेटघाटमा दुई पक्षीय सम्बन्धको बारेमा छलफल भएको थियो । साथै नेपाल र अमेरिकाबीचको संसदको अनुभव आदानप्रदानका विषयमा समेत छलफल भएको थियो।सिनेटर होलेनले गत सेप्टेम्बर महिनामा नेपालको भ्रमण गरेका थिए। अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाटयस (टीपीएस)मार्फत स्थायी बसोबासका लागिसमेत बिल तयार पारेका, मेरिल्यान्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर होलेन डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन्।सिनेटर होलेनसँगको भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, उपनियोग प्रमुख कुमार खरेललगायत उपस्थित थिए। मन्त्री साउद हाल अमेरिकाको औपचारिक भ्रमणमा छन्। #एनपी साउद #परराष्ट्रमन्त्रीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार तिहारले पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको छ: राष्ट्रपतिकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको उज्यालो पर्व भएको बताएका छन्। तिहारको अवसरमा शुभकामना यस्ता छन् लुम्बिनी प्रदेश सरकारका सय दिने उपलब्धिलुम्बिनी । लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहनेकाठमाडौं । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको तनहुँको सयपत्री कतार निर्याततनहुँ । आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय सेवा लम्सालको नाम बेल्जियमका लागि राजदूतमा अनुमोदनकाठमाडौँ । संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन भएको छ । बुधबार बसेको बसेको आज काग तिहार मनाइँदैकाठमाडौँ । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । नेपालीहरुको दोश्रो ठुलो चाड तिहारअन्तर्गत आज काग तिहार मनाइँदैछ । प्रत्येकधेरै पढिएका खबर १ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ २ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ३ धनराज र ऋषिकेशमाथि अनुसन्धानमात्रै होइन, गल्ती भए दण्ड पनि हुन्छ: गगन थापा ४ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै ५ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ६ प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्की ७ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्नेThe Film Nepal