Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालथप सजाय भुक्तान गर्न रिगललाई पठाइयो बाँके कारागार

थप सजाय भुक्तान गर्न रिगललाई पठाइयो बाँके कारागार


नेपालगञ्ज। जिल्ला अदालत बाँकेले योगराज ढकाल ‘रिगल’ लाई थप सजाय भुक्तान गराउन जिल्ला कारागार बाँकेमा पठाएको छ।

सर्वोच्च अदालतको आदेशपछि बिहीबार पक्राउ परेका रिगललाई प्रहरीले शुक्रबार जिल्ला अदालतमा पेश गरेको थियो। जिल्ला अदालत बाँकेले रिगललाई थप कैद भुक्तानका लागि जिल्ला कारागार पठाएको जिल्ला अदालतका सहसिलदार प्रेमराज खनियाले जानकारी दिए।

‘रिगलले अब ११ वर्ष ११ महिना ५ दिन थुनामा बस्नुपर्ने हुन्छ। कैदी पूर्जीसहित रिगललाई जिल्ला कारागार पठाइएको हो,’ बानियाँले भने।

रिगल गत असोज ३ गते संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरिदिएपछि छुटेका थिए ।

रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वौच्चमा रिट दायर गरेकी थिइन्। सर्वोच्चको पूर्ण इजलाशले बिहीबार मात्रै उनको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्दै तत्काल पक्रउ गरेर थुनामा पठाउने आदेशात्मक फैसला गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT