Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालभूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न राप्रपाको अपिल

भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न राप्रपाको अपिल


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाको काममा जुट्न सबैलाई अपिल गरेको छ ।

राप्रपाका पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले शनिबार विज्ञप्ति जारी गर्दै जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाको काममा जुट्न आग्रह गरेका हुन् ।

“जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पका कारण ठूलो सङ्ख्यामा भएको मानवीय र भौतिक क्षतिप्रति राप्रपा दुःख प्रकट गर्दछ । विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार, राहत तथा पुनःस्थापनाको काममा जुट्न सरकार, स्थानीय तह, राजनीतिक दल एवं विभिन्न सङ्घसंस्थालाई राप्रपा अपिल गर्दछ । साथै, भूकम्प प्रभावित क्षेत्रमा गइ उद्धार कार्यमा संलग्न हुन राप्रपाका विभिन्न निकायलाई अनुरोध गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायत पश्चिम नेपालको विभिन्न स्थानमा ठूलो सङ्ख्यामा भएको मानवीय र भौतिक क्षतिप्रति राप्रपाले दुःखसमेत प्रकट गरेको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT