एनआरएनए भूकम्प पीडितको राहत र उद्दारमा जुट्यो
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्प पीडितको राहत र उद्दार तथा सहयोगको लागि अपील गरेको छ। संघका अध्यक्ष विनोद कुँवर र महासचिव जानकी गुरुङले विज्ञप्ति जारी गर्दै विश्वभर फैलिएका राष्ट्रिय समन्वय परिषद्लाई सहयोगको लागि अपील गरेका छन्।
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्र भएर गएको भूकम्पका पीडितको सहयोगको संघले अपील गर्दै स्थानीय आवश्यकताका आधारमा सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेको छ। विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जी र घाइतेको स्वास्थ्यलाभको कामना गरिएको छ।
जारी विज्ञप्तिमा भनिएको छ, “यस दुःखद घडीमा गैरआवासीय नेपाली संघ अन्य सहयोगी संस्थाहरुको सहकार्यमा स्थलगत अध्ययन गरी केकस्ता सहयोग तथा उद्धार गर्दा बढी प्रभावकारी हुनुका साथै स्थानिय आवश्यक्ता पूरा गर्न सकिन्छ सोहि अनुसार रहात तथा उद्धार कार्यमा संलग्न हुनेछ र विश्वभर फैलिएर रहेका राष्ट्रिय समन्वय परिषद्हरु तथा सहयोगी मनहरुलाई यस कार्यमा सहयोग गर्न संघ अपिल गर्दछ।”
अधिकांश घरहरु माटोको जाडाईबाट निर्माण भएका कारण भूकम्पले धेरै घरहरु भत्किएपछि नागरिकहरु चौरमा बसेका र खोज तथा उद्दार कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने भन्दै संघले प्रभावित क्षेत्रमा सहयोग आवश्यक रहेको विज्ञप्तिमा भनिएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो