गृहपृष्ठ ∕ नेपाल ∕ सरकारले भूकम्पमा मृत्यु भएकालाई दुई लाख राहत दिनेसरकारले भूकम्पमा मृत्यु भएकालाई दुई लाख राहत दिने नेपालीपत्र आईतबार, २०८० कात्तिक १९ गते, १२:०० मा प्रकाशित नेपाल काठमाडौँ । नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ ।सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिइन् ।यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् ।शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको निधन भएको थियो । #भूकम्पग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र सञ्चालन गर्ने सरकारको दाबीकाठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अबको तीन दिनभित्र बीपी राजमार्गबाहेक देशका अरु सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याउने दाबी गरेको राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेटकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा स्कूल बसको ठक्कर बाट बालकको मृत्युनवलपुर । नवलपुरको कावासोतीमा स्कुल बसको ठक्कर बाट एक नाबालकको मृत्यु भएको छ । कावासोती-१ छहारी चोकको भित्री सडक खण्डमा नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर र ठुला सवारी सञ्चालनमा रोककाठमाडौँ । चितवनको नारायणघाटदेखि काठमाडौँसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदैकाठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पूर्व राजा ज्ञानेन्द्र शाहले शुभेच्छुकलाई टीका लगाइदिनेकाठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पूर्वधेरै पढिएका खबर १ एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा कर्णाली र सुदूरपश्चिम प्रदेश खेल्दै २ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता ३ प्रधानन्यायाधीशले लेनदेनमा सर्वोच्चमा न्यायाधीश सिफारिस गरेको बार अध्यक्षको आरोप ४ सहकारीको बचत रकम अपलचनमा लामिछानेसहितलाई कारबाही सिफारिश ५ पछिल्लो विपदबाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति ६ इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने ७ बाढी पहिरोमा घरबास गुमेकालाई अस्थायी आवास बनाउन सरकारले अनुदान दिनेThe Film Nepal