Techie IT
२०८१ असार ३२, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालनक्कली भुटानी शरणार्थी प्रकरण: आज तीन जनाको बयान लिइँदै

नक्कली भुटानी शरणार्थी प्रकरण: आज तीन जनाको बयान लिइँदै


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज तीन जनाको बयान लिन सुरु गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतमा आज तीन प्रतिवादीको बयान लिन सुरु गरिएको बताइएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङ्टावा शेर्पा र अर्का एक शमशेर मियाँको बयान सुरु भएको जनाइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो । बुधबारसम्म १२ जना प्रतिवादीको बयान लिइसकिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १७ जना पक्राउ परेका छन् । उक्त प्रकरणका आरोपितमध्ये १३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुकुमपश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ बेपत्ता

काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता छन्

सिमलताल दुर्घटना: प्रशासनले सार्वजनिक गर्‍याे दुई बसका यात्रुको विवरण (नामसहित)

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट पहिरोसँगै खसेका दुई वटा बसमा रहेका यात्रुको नामसहित विवरण

धनगढीबाट ४ लाख घुससहित दुई कृषि प्राविधिक पक्राउ

कैलाली । धनगढीबाट ४ लाख घुससहित दार्चुलाको शैल्यशिखर नगरपालिकाका– २ जना कृषि प्राविधिक पक्राउ परेका छन् । ४ लाख १२

प्रधानमन्त्रीसहित एमाले मन्त्रीहरू पार्टी कार्यालयमा

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमालेबाट मन्त्री बनेकाहरू केन्द्रीय मुख्यालय च्यासल पुगेका छन् । पार्टी नेताहरू पुष्पलाल,

सिमलताल दुर्घटनाः १३ जनाको शव फेला, ८ जनाको सनाखत

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएका दुई वटा बसका १३ जना यात्रुको शव फेला परेका छन् । खोज

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित

Techie IT