Techie IT
२०८१ मंसीर २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालएनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोली भुकम्प प्रभावितलाई राहत दिएर फर्कियो

एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोली भुकम्प प्रभावितलाई राहत दिएर फर्कियो


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्रकुमार शर्मा (आरके) नेतृत्व टोलीले भुकम्प प्रभावित स्थानीयलाई उद्धार र राहत वितरण गरेको छ । साथै टोली तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्न सकिने सहयोगका विषयमा स्थानीयसँग छलफल गरेर काठमाडौं फर्किएको छ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका स्थानीय प्रशासन, स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि,नागरिक अगुवा,महिला एवम् बाल अधिकारकर्मी, पत्रकार महासङ्घको स्थानीय प्रतिनिधिसँग टोलीले राहत तथा वितरण र उद्धारको विषयमा छलफल गरेको हो।

शर्मा नेतृत्वको कार्यसमितिका पदाधिकारी एवम् अभियन्ताहरुले व्यक्तिगत रुपमा राहतको सहयोग गरेका थिए। राहत तथा उद्धारको लागि कार्तिक २० गते शर्मा नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेको थियो।

टोलीले भूकम्पबाट घाइते भएर भेरी अस्पतालमा उपचाररत रहेको व्यक्तिहरुलाई भेटेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै केही आर्थिक सहायता प्रदान गरेको थियो। त्यस्तै जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित भएको जाजरकोटको बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, भेरी नगरपालिका तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, सानोभेरी गाउँपालिकामा राहत सामाग्री वितरण गरिएको छ। भूकम्प प्रभावितलाई २ हजार थान कम्बल, ५ सय थान त्रिपाल, ४ हजार मिटर म्याट्रेस र खाद्यान्न वितरण गरिएको महासचिब बुद्धिसागर सुवेदीले जानकारी दिए।

भूकम्पबाट अति प्रभावित बारेकोट गाउँपालिकाको रामिडाँडामा टोलीले उपलब्ध गराएको राहत सामग्री राष्ट्रपति रामचन्द्र पौडेलबाट वितरण भएको थियो। त्यस्तै टोलीले कर्णाली प्रदेशका अर्थमन्त्री बेदराज सिंहलाई राहत सामग्री हस्तान्तरण गरेको थियो। त्यसैगरी नलगाड नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलवीर बिक र वडा अध्यक्षहरू बद्री पन्त र मोहन खत्रीसहित सञ्चारकर्मीहरूको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।

सो अवसरमा अध्यक्ष शर्माले पहिलो चरणको राहत अन्तर्गत एनआरएनएले संस्थागत रुपमा सहयोग उपलब्ध गराएको जानकारी दिंदै अब मध्यकालीन र दीर्घकालीन रूपमा पुनर्स्थापनाको लागि सहयोग गर्न तयार रहेको जानकारी दिए। एनआरएनएले विशेषज्ञ सहितको टोलीले परामर्श सेवा उपलब्ध गराउने र त्यसको प्रक्रिया छिट्टै सुरु अध्यक्ष शर्माले बताए। तत्काल मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि स्थानीय एफएम पाइला रेडियो र एनआरएनए बिच सम्झौता भएको छ।

शर्माको नेतृत्वको टोली रुकुम पश्चिम आठबिसकोट नगरपालिकाको छेप्का र जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा भूकम्पबाट मृत्यु भएका परिवारका सदस्यहरूलाई भेटेर मृतकका परिवारलाई समवेदना दिदैं परिवारलाई केही आर्थिक सहयोग तथा मृतकलाई श्रद्धाञ्जली प्रकट गरिएको थियो।

भूकम्पबाट घरबास गुमाएका प्रभावितलाई शर्माले अब भूकम्प प्रतिरोधी क्षमताको घर बनाउनुपर्ने र त्यसको लागि आफूहरु प्राविधिक सहित अन्य सहयोग गर्न तयार रहेको जानकारी दिए।

महासचिव सुवेदीले विश्वमा नेपालीले सिकेको ज्ञानलाई भूकम्प पछिको पुनर्निर्माण प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सो कार्यक्रममा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, पूर्वराज्यमन्त्री गोपालजीजंग शाह लगायत स्थानीय जनप्रतिनिधि एवम राजनीतिक दलका नेताहरुको सहभागिता थियो।

शर्माको नेतृत्वमा निवर्तमान अध्यक्ष रवीना थापा, उपाध्यक्ष गंगाधर गौतम, उपाध्यक्ष राज रेग्मी, महासचिव सुवेदी, सचिव लोक दाहाल, युरोप संयोजक चिन्तामणि सापकोटा, युरोप महिला संयोजक गीता खनाल थापा, पूर्वउपाध्यक्ष नरेन्द्र भाट, अभियन्ता शनि ओली, ओम शर्मा लगायत सहभागि थिए।

शर्माले आउँदो दुइ वर्ष भित्र रु दस करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरिसकेका छन् भने व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँप्रदान गर्ने घोषणा पनि गरेका छन्।
त्यस्तै, सुवेदीले रु १९ लाख, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले रु १७ लाख, पूर्वअध्यक्ष कुल आचार्यले रु ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपानेले ५ लाख , युवा उपाध्यक्ष अब्दुल बाशिद ५ लाख तथा सचिव लोक दाहालले ५ लाख रुपैयाँ, उपाध्यक्ष गोविन्द श्रेष्ठ ‘रोविन्द’ले ३ लाख, सचिव कृष्णजीवि पन्तले रु २ लाख १११ सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।

त्यस्तै उपाध्यक्ष डा. केशव पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव दयानिधि सापकोटाले जनही एक लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाइसकेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नुवाकोटको नुचेतमा दुई छोरासहित आमा मृत फेला

नुवाकाेट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा आमा र दुई जना छोरा मृत भेटिएका छन् । हिजो २४ वर्षीया चन्दीमाया तामाङ

नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा हेल्लो हेल्थ शुरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा शुरु गरेको छ । स्वास्थ्य तथा

भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जाहेर गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारितभएको २१ वर्ष पूरा भएको अवसरमा आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी

विश्वमा नाम राख्नेगरी काम गर्छुः प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वमा नाम राख्नेगरी काम गर्ने बताएका छन् । गृहनगर झापाको दुईदिने भ्रमणमा रहेका

नेपालका लागि इजरायली राजदूत रास्वपा मुख्यालयमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल र नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरी बासबीच भेटवार्ता भएको छ ।

पेस्तोलसहित युवक पक्राउ

काठमाडौं । सर्लाहीमा पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलरा नगरपालिका–६, मिर्जापुरका १९ वर्षीय गोलु भनिने

Techie IT