Techie IT
२०८२ असार ५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थतिहारमै बिक्री भएन फूल, किसान निराश

तिहारमै बिक्री भएन फूल, किसान निराश


बेदकोट । फूल बिक्री नहुँदा व्यावसायिक रूपमा फूल खेती गरिहरेका किसान निराश बनेका छन् । पछिल्लो समय प्लास्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए।

‘फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन’, उनले भने, ‘अहिलेसम्म फूल बिक्री नै भएको छैन, बिक्रीका लागि तयार भएका फूल कुहिँदैछन् ।’ बजारमा प्लास्टिक फूलमालाको उपलब्धताले स्थानीयस्तरमा उत्पादित फूल बिक्री हुन नसकेको उनको भनाइ छ । ‘प्लास्टिक फूलमालाको प्रयोग बढ्दो छ, अहिले प्रशासनले प्लाष्टिकजन्य फूलमालामा रोक लगाएको छ’, उनले भने, ‘अब फूलले बजार पाउने आशा छ ।’

कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्रावधिक पदमा कार्यरत सिंह विगत तीन वर्षयता व्यावसायिक फूल खेती गर्दै आएका छन् । उनले भीमदत्त नगरपालिका–३ भाँसीस्थित जानकी कन्या माध्यमिक विद्यालयको जमिन भाडामा लिएर फूल खेती गरेका छन् । ‘फूलको बीउ आफैँले छरेको थिएँ, सात कठ्ठा जमिनमा फूल खेती छ’, उनले भने, ‘फूल फुलेको दुई साताभित्र टिपेर बेचिसक्नुपर्छ, नभए फूलको बाहिरी पत्र कुहिएर फूल ढल्छ ।’

उनका अनुसार यस वर्ष अहिलेसम्म फूल बिक्री हुनसकेको छैन । भाडामा लिइएको सात कठ्ठा जमिनमा सयपत्री फूल खेती गरिएको छ । उनले यसअघि भीमदत्त नगरपालिका–१० तिलकेनीमा पुष्प व्यवसाय गरेका थियो । फूल बिक्री गर्नै हम्मेहम्मे परेको किसानको भनाइ छ । जसोतसो फूलमाला बिक्री भए पनि उचित मूल्य नपाउने गरेको किसानको गुनासो छ ।

‘फूल र माला बनाएर बेच्ने गर्छौ, रु पाँच सय प्रतिकिलो ग्रामका दरले फूल बेच्ने गरेका छौँ’, उनले भने, ‘रु एक सयको फूलमाला बिक्री गर्ने गरेका छौँ ।’

स्थानीयस्तरमा उत्पादित फूलको बजारीकरणका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लास्टिक मालामा रोक लगाएको छ । प्लाष्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो ।

दीपावली, नेपाल संवत् तथा छठपर्वलगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लास्टिक फूलगुच्छा तथा मालाको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए । दोस्रो ठूलो चाड तिहारको हर्षोल्लास गाउँसहरमा छाएको छ । घरबाट टाढा भएकाहरू तिहारलाई घर फिर्ती भएका छन् । बारीमा फूल ढकमक्क फुलेका छन् । तिहारमा घर सिङ्गार्न, लक्ष्मी पूजा गर्नदेखि भाइटीकाको दिन दाजुभाइलाई माला लगाउन सयपत्री र मखमली फूलको प्रयोग हुन्छ ।(रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दीपक मनाङेको सांसद पद खारेज

काठमाडाैँ । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) को सांसद पद खारेज भएको छ । ज्यान मार्ने

मितेरी सहकारी ठगीमा कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइयो

काठमाडाैँ । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन गरी फरार भनिएका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ गरी नेपाल ल्याइएको छ ।

इजरायल र इरानमा यात्रा नगर्न परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडौं । परराष्ट्र मन्त्रालयले आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा नगर्न आग्रह गरेको छ । बुधबार मन्त्रालयले ‘ट्राभल एडभाइजरी’ जारी

मनसुन शुरु भएसँगै भोजपुरका किसानलाई धान रोपाइँको चटारो

भोजपुर । भोजपुरका किसानलाई अहिले धान रोपाइँको चटारो परेको छ । मनसुनी वर्षा शुरु भएसँगै खेतमा पानी भरिएपछि कृषकहरू बिहानैदेखि

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

मेयर र उपमेयरबीचको विवादले तनावग्रस्त धरान उपमहानगरपालिका

धरान । धरान उपमहानगरपालिकामा नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइनविक्रम बेघाबीचको विवाद चुलिँदै गएको छ । दुई जनाप्रतिनिधिको बिबादले

Techie IT