Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपाल४० किलो जरायोको सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ

४० किलो जरायोको सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ


बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने तेलपानीबाट जरायोको ४० किलो सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना चोरी सिकारीमा सङ्लग्न व्यक्तिलाई नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले पक्राउ गरेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्री विनोद दाहालका अनुसार निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने तेलपानीबाट सेनाको गस्ती टोलीले चोरीशिकारीमा संलग्न रहेका चार जनालाई ४० किलो जरायोको सुकुटी र दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

उनले पक्राउ पर्नेहरुमा सुर्खेत बराहताल गाउँपालिका–१, तेलपानीका गमन वली, श्यामबहादुर वली, चन्द्रबहादुर वली र दिलबहादुर वली रहेको बताए ।

निकुञ्जभित्र जरायो मारेर सुकुटी बनाएको भन्ने गोप्य सूचना पाएपछि निकुञ्जका कर्मचारीसहित नेपाली सेनाको संयुक्त गस्ती टोलीले सर्च अपरेसन गर्दा उनीहरुलाई घरबाटै पक्राउ गरिएको सहायक प्रमुख संरक्षण अधिकृत दाहालले बताए ।

पक्राउ परेकाको साथबाट भरुवाबन्दुक २ थान, गोली, बारुद, जाल लगायतका बन्दोबस्तीका सामग्री बरामद गरिएको पनि उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT