Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपाललोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले सबैलाई जोड्ने काम गरेको छ: उपराष्ट्रपति

लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले सबैलाई जोड्ने काम गरेको छ: उपराष्ट्रपति


काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–भेषभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको बताएका छन् ।

तिहार पर्व (शुभ दीपावली), २०८० को पावन अवसरमा शुभकामना व्यक्त गर्दै ‘दीपावली हाम्रो सामाजिक, सांस्कृतिक र धार्मिक परम्परालाई अक्षुण राख्ने मौलिक संस्कृतिको महत्त्वपूर्ण पाटो हो, यस अवसरमा बालिने प्रकाशले हाम्रा सबै खराब आचरण, व्यवहार, विचारलाई त्याग्न उत्प्रेरित गर्नु पनि हो’ उनले भनेका छन् ।

यसले आफूभित्रको अँध्यारो पक्षलाई तिलाञ्जली दिँदै व्यक्तिलाई स्वच्छ र नैतिकवान बन्ने सन्देश पनि दिने उहाँको विश्वास छ । अत्यन्तै हर्षोल्लासका साथ मनाइने दीपावली नेपालको दोस्रो ठूलो महान् पर्व हो । प्रकाशमय यो पर्वको आध्यात्मिक सन्देश भनेको अन्धकारमाथि प्रकाश शक्ति र अज्ञानतामाथि ज्ञान शक्तिको विजयलाई दर्शाउनु हो । यो पर्वमा देवी लक्ष्मीको पूजाआराधना गरे धन, समृद्धि र सफलता प्राप्त हुने एवम् दरिद्रताको नाश हुने जनविश्वास रही आएको छ । यो पर्वअन्तर्गत धनतेरस, नरकचतुर्दशी, काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गाईपूजा, गोवर्धन पूजा, म्हः पूजा र भाइटीका (भ्रातृ द्वितीया) पर्दछन् ।

यो पर्व मनाउने तयारी धेरै पहिलेदेखि घर, पसल र कार्यस्थल सफासुग्घर गर्दै सुरु हुन्छ । धेरैले यो पर्वका अवसरमा आ–आफ्नो घरआँगन सजाउन रङ्गीचङ्गी फूल, रङ्गोली र झिलिमिली बत्तीको प्रयोग गर्छन् । कुकुर, काग, गाई, गोरुको पूजा गर्ने, लक्ष्मी पूजा गर्ने, देउसी भैलो खेल्ने, हुक्का लोली (हुक्कापात्ती) खेल्ने, हुर्राहुर्री खेल्ने र कुस्ती प्रतियोगिता गर्ने, दाजुभाइ– दिदीबहिनीबीचको सम्बन्धलाई बलियो बनाउन भाइटीका (भ्रातृ द्वितीया) मनाउने, मिठाइ बाँड्ने, एकअर्कालाई शुभ दीपावलीको शुभकामना आदानप्रदान गर्ने परम्परा परापूर्वकालदेखि रहिआएको छ ।

उपराष्ट्रपति यादवले ‘विविधतामा एकता’ को सन्देश सञ्चार गर्ने हाम्रा चाडपर्वहरुको सारतत्व एवम् उद्देश्य समाज र देशमा सामाजिक एकता, धार्मिक सहिष्णुता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, भाइचारा, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्नु नै हो पनि भनेका छन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT