Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालछठको पूर्वसन्ध्यामा शान्तिसुरक्षाका लागि प्रहरी र स्थानीयतह सक्रिय

छठको पूर्वसन्ध्यामा शान्तिसुरक्षाका लागि प्रहरी र स्थानीयतह सक्रिय


रौतहट । तराई मधेशको महत्त्वपूर्ण चाड छठ पर्वको तयारीमा स्थानीयवासी व्यस्त छन् । समाजमा चोरी र आपराध गर्नेहरुले यसैको मौका छोपेर तनाव दिने गरेका छन् ।

रौतहटको बङ्कुल बजारस्थित दुई मोबाइल पसमा गएराति रु २० लाखभन्दा बढी सामानको चोरी भएको छ । भारतको घोडासहान सीमानासँग जोडिएको उक्त बजारमा बिहारमा जाँड रक्सी निषेध गरिएकाले मदिरा सेवनका लागिसमेत भारतबाट मानिस आउनेजाने गर्दछन् । खुला सीमानाका कारण चोरी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे पर्दै आएको छ । यस क्षेत्रमा खटाइएका प्रहरी जनशक्ति र उनीहरूका लागि स्रोतसाधन अपर्याप्त रहेको सुरक्षाकर्मीहरू बताउँछन् ।

बौधीमाई नगरपालिका–७, बङ्कुल बजारस्थितको प्रहरी चौकी नजिक एनके मोबाइल इलेक्ट्रोनिक्समा करिब रु २० लाख र गयरे रिपेरिङ सेन्टरमा रु तीन लाख बराबरको सामान चोरी भएको छ ।

मोबाइल इलेक्ट्रोनिक्सका सञ्चालक स्थानीय अवधकुमार कुशवाहाले राति पसलको छत फुटाएर ल्यापटप, प्रिन्टर, स्मार्ट मोबाइललगायत सामान चोरी भएको बताउँदै घटनाबारे आज बिहान प्रहरीलाई खबर गरिएको जनाए । कुशवाहाले प्रहरीहरू सीमा क्षेत्रतिर बढी व्यस्त रहने भएकाले बजारमा असुरक्षा बढेको गुनासो गर्दै चोरी गर्नेहरूको खोजीमा तीव्रता दिन आग्रह गरिएको बताए ।

परोहा नगरपालिका–७, नरकटिया निवासी जयप्रकाश यादव सञ्चालक रहेको गयरे रिपेरिङ सेन्टरबाट काउन्टरबाट नगद रु ७० हजार र सामानसमेत गरी रु तीन लाख बराबरको चोरी भएको सञ्चालक यादवले बताए । उनले घटनाबारे बिहान दुईपटक खबर गरेर आफैँ बाइकमा लिन गएपछि प्रहरी घटनास्थलमा आएको गुनासो गरे । उक्त सेन्टरमा कोभिडका समयमा पनि चोरी भएको थियो ।

जिल्ला प्रहरीका कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको र चाडबाडका समयमा हुन सक्ने चोरी र अपराधका घटना नियन्त्रणका लागि कडा सुरक्षा व्यवस्थाका लागि सम्बन्धित प्रहरी इलाकालाई निर्देशन दिइएको बताए । उनले घटनाबारे अनुसन्धानको छानबिनका लागि जिल्ला प्रहरी कार्यालयबाट अपराध अनुसन्धानसम्बन्धी टोली खटाइएको र यस्ता घटना दोहोरिन नदिन सचेत गराइनाका साथै अपराध कार्यमा संलग्नलाई पत्ता लगाई कानुनी कारबाही गरिने विश्वास दिलाए ।

बौधीमाई नगरपालिका–७ पूर्ववडाध्यक्ष विजय कुशवाहले बजारमा असुरक्षा हुँदा सुरक्षा निकायले पर्याप्त ध्यान दिन नसकेको गुनासो गरे । नेपाली कांग्रेसका स्थानीय नेता राजनबाबु जैसवालले चाडपर्वका समयमा चोरी र अपराधका घटना वृद्धि भइरहेकाले शान्तिसुरक्षाका लागि प्रहरीले थप चनाखो हुनुपर्नेमा जोड दिए ।

बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुकार यादवले प्रहरी चौकी नजिकैको पसलमा छानामाथि पसेर चोरी हुनुलाई गम्भीररुपमा लिइएको बताउँदै प्रहरीले जसरी पनि दोषीलाई पक्राउ गरेर कानुनी कारबाही गर्नुपर्ने बताए । “समाजमा शान्तिसुरक्षा फितलो भएको छ । आफ्नो रोजीरोटीका लागि काम गरेर खानुपर्ने व्यवसायीको यसरी पर्वका अवसरमा चोरी हुनु दुःखद् छ । घटनाबारे शीघ्र र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउन नगरपालिकाका तर्फबाट सक्दो सहयोग हुनेछ ।”

गत साता जिल्लाको चपुरस्थित सोनेलाल चौधरीको घरमा करिब डेड लाख नगद, १४ तोला सुन र ५४ तोला चाँदीलगायत सामान चोरी भएको थियो । लुटेराले चौधरीका श्रीमती र छोरीलाई आक्रमण गरी घाइते बनाएका थिए । प्रहरी प्रमुख श्रेष्ठले उक्त घटनामा संलग्न भएको आरोपमा दुई जनालाई महोत्तरीका पक्राउ गरिएको र त्यहाँको अनुसन्धान प्रक्रिया सकिएपछि रौतहट ल्याई अदालतमा मुद्दा चलाइने बताए ।

रौतहट, बारा, र पर्साबाट नजिक पर्ने छिमेकी भारतको घोडासाहन, चैनपुर, वर्गिनिया, छौडादानु, आदापुर र रक्सौल सीमानासँग जोडिएका क्षेत्रमा शान्तिसुरक्षा स्थापनाका लागि सशस्त्र प्रहरी खटिएको छ ।

यही मङ्सिर ३ गते हुने छठ पर्वको तयारी लागि यहाँका स्थानीय छठघाटहरूमा व्यवस्थापन गर्न व्यस्त रहेका छन् । बौधीमाई नगरपालिका–९ का अध्यक्ष मुक्तिनारायण मिश्रका अनुसार छठीमाताको पूजाका लागि पोखरी र तलाउमा बेहुली जस्तै सजाउने कार्य भइरहेको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT