Techie IT
२०८१ माघ १, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालमुग्लिन–मलेखु सडकखण्ड स्तरोन्नति

मुग्लिन–मलेखु सडकखण्ड स्तरोन्नति


भरतपुर । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो ।

उनान्चालीस किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का प्रमुख किरण कार्कीले जानकारी दिए । पहिलो चरणमा पाँच किलोमिटरमा काम भइरहेको छ ।

चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम नौ मिटर कालोपत्र हुनेछ । बजार क्षेत्रमा भने चारदेखि छ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिए । बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोलसमेत निर्माण गरिने छ ।

यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ । काम पनि सँगै सुरु भइसकेको छ । मलेखुसम्म छ पुल निर्माण हुनेछन् । गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन् । खटौटीमा पुल निर्माण अघि बढेको छ । यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिनेछन् । मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझीमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा आकाशे पुल निर्माण गरिने छन् ।

आयोजनाको यो खण्ड रु चार अर्ब ८० करोडको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो । केही ठाउँमा रुख काट्न बाँकी छ । यो खण्डमा करिब तीन सय ५० रुख काटिने छन् । “यो सडकखण्ड निर्माण गर्दा पहाड काट्नेभन्दा पनि नदी किनारमा पर्खाल उठाउने कुरालाई प्राथमिकता दिएका छौँ”, उनले भने, “पहाड काट्दा सधैँ पहिराले दुःख दिने सम्भावना हुन्छ ।” सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा सडक २० वर्ष टिक्ने गरी डिजाइन भएको आयोजनाले जनाएको छ ।

सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएका कारण पनि यसलाई निर्धारित समयमै सम्पन्न गर्नका लागि आयोजनाले तीव्रगतिमा काम अघि बढाएको छ । विश्व बैंकको आर्थिक सहयोगमा यो राजमार्ग विस्तारको काम थालिएको हो । यसका लागि सरकार र विश्व बैंकबीच सन् २०२० मा सम्झौता भएको थियो । नागढुङ्गा–नौबिसे खण्ड र नौबिसे–मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा…

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाउन आदेश

अध्यादेश मार्फत कानुन बनाउनु गलत: कांग्रेस नेता साउद

रुपन्देही । नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक नभएको बताएका छन् । आज रुपन्देहीको

शीतलहरले जनजीवन प्रभावित

जलेश्वर । विगत पाँच दिन देखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरी सहित तराई मधेसमा जनजीवन प्रभावित भएको

अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिने

काठमाडाैँ । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ ।

खोटाङको बुइपामा आयातित पेयपदार्थमा प्रतिबन्ध

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थित चार वटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित

Techie IT