Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालधनगढी बजारमा भीषण आगलागी

धनगढी बजारमा भीषण आगलागी


धनगढी । धनगढी बजारमा भीषण आगलागी भएको छ । शुक्रवार राति १ बजेको समयमा धनगढी उपमहानगरपालिका वडा नं। १ मुख्य बजार सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो ।

आगलागीले अस्पतालसहित सात वटा पसलमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । सुरुमा अस्पताल नजिक दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक विद्युत् तार सर्ट भई आगलागी भएको र त्यहाँबाट सल्केको आगोले अन्य पसलमा समेत क्षति गरेको चन्दले जानकारी दिए ।

राति नै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको कमान्डमा ४० जना प्रहरी, तेघरी ब्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको कमान्डमा २६ जना नेपाली सेना, सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वार्टर कैलाली नैनादेवीबाट सहायक प्रहरी नायब उपरीक्षक खेमराज ठकुल्लाको कमान्डमा ३० जनाको टोली, स्थानीय, धनगढी उपमहानगरको २ वटा, गोदावरी नगरपालिकाको १ वटा, पुनर्वास नगरपालिकाको १ वटा गरी ४ वटा दमकलसहितको टोलीले आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

घटनामा मानवीय क्षति नभए पनि अन्य धेरै पसलहरू जलेर नष्ट भएकोले क्षतिको धेरै भएको हुन सक्ने पूर्ण विवरण आइसकेको छैन । व्यापारीहरूले क्षतिको बारे जानकारी दिई नसकेकोले कति क्षति भयो भन्ने बारे अहिले यकिन नभएको चन्दले जानकारी दिए । आगलागीमा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर एन्ड सु–सेन्टर (जुत्ता चप्पलको होलसेल गोदाम), टेकेन्द्र शर्माले सञ्चालन गरेको मधुमाला देवी सप (बेबी सपको गोदाम), वासुदेव भट्टले सञ्चालन गरेको भट्ट सपिङ सेन्टर (ब्याग हाउस), जगत् बहादुर बलायरले सञ्चालन गरेको सुशिक्षादेवी सपिङ् सेन्टर (कपडाको गोदाम), शोदा साउदले सञ्चालन गरेको न्यु सदिच्छा इन्टरप्राइजेजी (कपडा, जुत्ता, ब्यागको गोदाम), गौरी भण्डारीले सञ्चालन गरेको भण्डारी सु –सेन्टर (जुत्ता चप्पलको गोदाम), सारथि अस्पताल कैलाली, , जानकी भट्टले सञ्चालन गरेको भट्ट ट्रेडर्स एन्ड सप्लायर्स (ब्याग हाउस) गरी आठ ओटा पसलमा पूर्ण क्षति भएको चन्दले बताए। रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT