Techie IT
२०८२ कात्तिक १६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालमदन पुरस्कार विजेता ओझालाई सम्मान

मदन पुरस्कार विजेता ओझालाई सम्मान


टीकापुर । विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न स्घसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, हाम्रो पत्र डटकमलगायतका सङ्घसंस्थाले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

लेखक ओझाले ऐँठन एउटा युद्ध उपन्यास भएको बताए ।  उनले ऐँठन उपन्यास महाभारत, विश्व युद्ध र नेपालको सशस्त्र युद्धलाई समेटेर लेखिएकाले यो एउटा युद्ध उपन्यास भएको बताए । “मैले युद्धपछि पीडामा रहेकाहरुलाई देखेँ, भेटेँ, उनीहरुको मानसिक अवस्था विचलित भएको पाएँ”, उनी भन्छन्, “विश्वकै कुरा गर्दा पनि हतियार, हिंसा र द्वन्द्वमा धेरै खर्च भइरहेको छ । यो लगानी विकासमा गर्न सकेको भए विश्व अर्कै हुन्थ्यो भन्ने मैले महसुस गरेँ । गाउँ गाउँमा गएर पीडामा रहेकाको कथा समेटेको छु ।”

लेखक ओझाले पहिले कथाका लागि तयार गरिएको पाण्डुलिपीलाई अध्ययन गर्दै जाँदा उपन्यास तयार भएको र उपन्यासको पूर्णरुप दिन पाँच वर्ष लागेको बताए । “कष्ठकररुपमा बितेका पाँच वर्षपछि अहिले राहत महसुस भएको छ”, उनी भन्छन् । उनको यसअघि ‘ऐलानी’ उपन्यास पनि चर्चामा आएको थियो । ऐलानी वादी समुदायका कथा समेटिएको पुस्तक थियो । त्यो उपन्यासविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । “इतिहासमा साहित्यिक उपन्यासविरुद्ध यो पहिलो मुद्दा थियो”, लेखक ओझाले भने ।

टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक केशरबहादुर कुँवरले ओझाको पुस्तकले पुरस्कार मात्र प्राप्त नभई टीकापुरलाई चिनाउने र पुरस्कृत गर्ने काम गरेको बताए । “यो टीकापुरका लागि गौरवको कुरा हो, टीकापुरलाई नै पुरस्कृत गर्नुभएको छ”, उनी भन्छन्, “यस्ता सर्जकलाई हौसला दिनुपर्छ ।”

वीरेन्द्र विद्यामन्दिर माविका सहप्राचार्य डा योगेन्द्रप्रसाद बजगाईले आफूले पढाएको विद्यार्थीले लेखेको पुस्तकले देशकै सर्वोत्कृष्ट मानिने मदन पुरस्कार प्राप्त गरेकामा आफूलगायत विद्यालयले गर्व महसुस गरेको बताए । “विद्यालय परिवार खुसी छ, ओझा हाम्रो विद्यार्थी हो भन्दा विद्यालय हर्षित छ”, उनी भन्छन्, “उहाँको लेखन क्षमता थप सशक्त भएर अघि बढोस् ।”

लेखक ओझाको पहिलो कृति ‘एक पाइला आकाशमा’ गजल सङ्ग्रह २०७० सालमा प्रकाशित भएको थियो । त्यसपछि उहाँले २०७४ सालमा ‘ऐलानी’ उपन्यास लेखे । विसं २०४८ जेठ २ गते अछामको साविक दर्ना गाविसमा जन्मिएका ओझाको बाल्यकाल टीकापुरमा बित्यो । उनले माध्यमिक तहसम्मको शिक्षा टीकापुरबाटै प्राप्त गरे । पछि काठमाडौँ गएर ओझाले आफ्नो लेखनलाई अगाडि बढाउँदै व्यवस्थापन विषयमा स्नातकोत्तर गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT