गृहपृष्ठ ∕
नेपाल ∕
चिकित्सा शिक्षा आयोगले प्रक्षेपण गरेअनुसार नै स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादन गरिने चिकित्सा शिक्षा आयोगले प्रक्षेपण गरेअनुसार नै स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादन गरिने
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा शिक्षा आयोगले प्रक्षेपण गरेअनुसार नै स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादन गरिने बताएका छन्। सोमबार आयोजित चिकित्सा शिक्षा आयोगको बाह्रौँ बैठकमा उनले यस्तो बताएका हुन्।
“यो अवस्थामा आयोगबाट तयार भएको जनशक्ति प्रक्षेपण योजनाअनुसार नै जनशक्ति उत्पादनको आधार तय गर्नुपर्ने हुन्छ,” उनले भने।
प्रधानमन्त्रीले हाल चिकित्सा शिक्षा क्षेत्रबारे बिनातथ्य विभिन्न सूचना आइरहेकाले सेवाप्रदायक संस्था, अभिभावक, विद्यार्थी र नियामक निकाय समेतलाई सही निर्णय लिन कठिन भइरहेको बताए।
चिकित्सा शिक्षाको अध्ययन अध्यापनलाई मलुकका सबै प्रदेशमा विस्तार गरी आवश्यक जनशक्ति विकास गरी जनताको घरदैलोमा गणुस्तरीय स्वास्थ्य सेवा सरल र सहजरुपमा प्रदान गर्ने वातावरण सृजना गर्नको लागि आवश्यक कानुनी नीतिगत र संस्थागत सुधार क्रमश बढाउँदै लैजानुपर्ने उनको भनाइ छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो