Techie IT
२०८२ कात्तिक २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालदुर्गा प्रसाईँको कार्यक्रममा आएका महिलाहरु सुतेको ठाउँबाटै लखेटिए

दुर्गा प्रसाईँको कार्यक्रममा आएका महिलाहरु सुतेको ठाउँबाटै लखेटिए


काठमाडौँ। मंसिर ७ गते मेडिकल ब्यवसायी दुर्गा प्रसाईँको प्रदर्शन कार्यक्रममा सहभागी हुन काठमाडौँ बाहिरबाट आएका महिलाहरु सुतेको स्थानबाट लखेटिएका छन्। इटहरीदेखि काठमाडौँ आएका प्रसाईँ समर्थकहरुलाई मंगलबार राति एक समूहले लोकन्थलीस्थित एक पार्टी प्यालेसमा सुतिरहेको अवस्थामा लखेटेका हुन्।

एमालेको भातृ संगठन युवा संघका कार्यकर्ता बताउँदै मध्यराति सुतिरहेका महिलाहरुलाई लखेटेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सार्वजनिक भिडियोमा ‘हेलो दिदीहरू, फोन गर्नु त युवा संघले लखेटे भनेर! तपाईंहरु ७ गतेको कार्यक्रममा आउनुभएको हो, तपाईंहरु उठिहाल्नु त, ल छिटो गर्नुस्, १० मिनेटको समय दिन्छौँ’ भन्दै फर्किन धम्क्याएको सुनिएको छ।

सो समूहको धम्कीपछि महिलाहरु हतारिएर लुगा लगाउन थालेका छन् छन् साथै, उनीहरुलाई तुरुन्तै निस्किन आदेश दिइएको छ। महिलाहरुले उज्यालोसम्म बस्न दिन र बिहान भएपछि आफै जाने भन्दै याचना गरेको भए पनि सो समूहले चेतावनीको भाषामा ‘हुँदैन’ भनेका छन्।

समूहका एक युवाले ‘युट्युबमा दुर्गा प्रसाईं भनेर कुर्लिएजस्तो होइन। देखाइदिन्छौँ भनेको होइन, अब हामी देखाइदिन्छौँ, सबैलाई काठमाडौँबाट लखेटेर। दुर्गा प्रसाई पागललाई फोन गरेर युवा संघले लखेट्यो भनेर भन्नुस्’ भनेका छन्।

सो घटनाको चौतर्फी आलोचना भएपछि प्रहरीले घटनाबारे छानबिन थालेको बताएको छ। सीसीटिभी फुटेज हेरेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

त्यस्तै, नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले भने सो घटनामा आफूहरूको संलग्नता नरहेको दाबी गरेका छन्। साथै, उनले भिडियोको वास्तविकता बुझ्ने काम भइरहेको प्रतिक्रिया दिएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT