Techie IT
२०८२ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालआज युवा संघ र दुर्गा प्रसाईंको प्रदर्शन, काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा

आज युवा संघ र दुर्गा प्रसाईंको प्रदर्शन, काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा


काठमाडौँ । आज नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ र व्यवसायी दुर्गा प्रसाईं समर्थकले काठमाडौँँमा प्रदर्शन गर्दैछन् ।

उक्त छुट्टाछुट्टै प्रदर्शनविरुद्ध सुरक्षार्थ काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । एकीकृत सुरक्षा योजना लागु गरिएको छ ।

बिहीबार दिउँसो प्रसाईं समर्थकले बल्खु र युवासङ्घले तीनकुनेमा प्रदर्शनको तयारी गरेपछि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको बैठकले एकीकृत सुरक्षा योजना लागु गर्ने निर्णय गरेको थियो।

दुई समूहको प्रदर्शनमा आवश्यक सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षाकर्मी परिचालन भएको प्रहरीले जनाएको छ ।

एकीकृत सुरक्षा योजना अन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसहितका सुरक्षा निकायलाई परिचालन र तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।

तीन जिल्लाका सुरक्षा निकायलाई परिचालन गर्ने र आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सुरक्षाकर्मी तैनाथ राख्ने जनाएको छ । सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा कमान्ड विशेष सेल गठन गरेको छ । जसमा सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक तथा नेपाली सेनाका अधिकारीको समेत सहभागिता रहने छ । प्रदर्शन स्थलको सुरक्षा व्यवस्थापनको नेतृत्व जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखबाट हुने छ ।

प्रदर्शनको सुरक्षालाई थप बलियो बनाउन प्रहरीले प्रदर्शन हुने आसपासका सिसी क्यामरा र ड्रोनबाट समेत निगरानी गर्ने तयारी गरेको छ । यसै गरी प्रदर्शनका बेला सवारी आवतजावत जाम हुन सक्ने भएकाले उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक अवस्थाबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । प्रदर्शन स्थल आसपासमा सवारी आवागमनलाई सहज बनाउन झन्डै एक हजार ट्राफिक प्रहरीलाई प्रत्यक्ष रूपमा परिचालन गर्ने तयारी भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT