Techie IT
२०८१ असोज २४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालधनकुटामा एकै घरका तीनजना मृत फेला

धनकुटामा एकै घरका तीनजना मृत फेला


धनकुटा । धनकुटा नगरपालिका–१ निगालेमा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

श्रीमानले श्रीमती र छोराको हत्या गरी आफूले समेत आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

बुधवार राति निगालेका ३५ वर्षीय टीकाराम गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षीय छोरा आयुष गुरुङको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

टीकारामले श्रीमती र छोराको हत्या गरी घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

बुधवार राति पौने १ बजे ६ वर्षीया छोरी आसिकी गुरुङलाई छिमेकीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

सो अघि बुबाले आमा र दाजुलाई घाँटीमा समातेर टाउकामा कुटेको देखेको आसिकीले बताएको एसपी कोइरालाले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आज महाअष्टमी: विभिन्न शक्तिपीठमा बलीसहित विशेष पूजा गरिँदै

काठमाडौँ । बडादशैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने

आज फुलपाती, घर–घरमा उखुदेखि अशोकको फूलसम्म भित्र्याइदै

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार

नेपाली र अमेरिकी समलिङ्गी पुरुषबीच विवाह दर्ता

चितवन । नेपाली समलिङ्गी पुरुष र अमेरिकी नागरिकबीच विवाह दर्ता भएको छ । नेपाली समलिङ्गी पुरुषले नेपालमा अमेरिकी समलिङ्गी पुरुषसँग

धौलागिरि पर्वतारोहणमा पाँच रूसी नागरिकको मृत्यु, ३ जनाको उद्धार

काठमाडौँ । धौलागिरि हिमाल पर्वतारोहण गर्ने क्रममा पाँच जना रूसी नागरिकको मृत्यु भएको छ। मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीको

निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै सन्तोषजनक छैन: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नभएको बताएका छन्

लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमायाको निधन

काठमाडौँ । लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष एवं कांग्रेस नेतृ छुपीमाया गुरुङको निधन भएको छ । केही समय देखि गुरुङ पाठेघरको

Techie IT