गृहपृष्ठ ∕
नेपाल ∕
प्रधानमन्त्री प्रचण्डले १०८ केजी रुद्राक्ष चढाएर गरे बाबा महाकालको दर्शन प्रधानमन्त्री प्रचण्डले १०८ केजी रुद्राक्ष चढाएर गरे बाबा महाकालको दर्शन
काठमाडौँ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यप्रदेशस्थित बाबा महाकाल मन्दिरको दर्शन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले महाकाल मन्दिरमा आठवटा लगेजमा लगिएको १०८ केजी रूद्राक्षले पनि विशेष पूजा गरेका हुन्।
मन्दिर पुग्ने क्रममा प्रचण्डलाई मन्दिरका पुजारीहरुले स्वागत पनि गरे। १२ ज्योतिर्लिङ्गमध्ये एक महाकालेश्वर मन्दिरमा पूजाअर्चनाअघि उनलाई सांस्कृतिका कार्यक्रमसहित स्वागत गरिएको थियो।
नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’का कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्था हेरफेर गरेर ६ घन्टासम्म सर्वसाधारणलाई पूजामा रोक लगाइएको थियो। शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनलाई प्रवेश निषेध गरिएको हो।
महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्डले पूजा गर्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेल पनि स्वागतमा पुगेका थिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो