Techie IT
२०८१ असार ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालधनकुटामा जङ्गली च्याउ खाएर आमाछोराको मृत्यु

धनकुटामा जङ्गली च्याउ खाएर आमाछोराको मृत्यु


धनकुटा । धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ ।

सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईकोे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकी धरान रेफर गरिएका उनीहरूको उपचारका क्रममा शुक्रबार बिहान ९ः१५ बजे आमाको मृत्यु भएको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।

सिकिस्त रहेका उनीका छोराको पनि आइसियु कक्षमा उपचारका क्रममा बेलुकी मृत्यु भएको छिमेकी भोगेन्द्र राईले जानकारी दिनुभयो । प्रहरी सञ्चार शाखाका अनुसार मृतकले यही जेठ १५ गते धनकुटा–७ मा रहेको चुलिवन जङ्गलबाट जङ्गली च्याउ ल्याएर खाएका थिए । च्याउ खाएपछि बिरामी परेका उनीहरू जिल्ला अस्पताल धनकुटामा उपचारका लागि भर्ना भएका थिए ।

जिल्लामा उपचार हुन नसकेपछि १८ गते उनीहरूलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको थियो । उपचारमा संलग्न जिल्ला अस्पतालका डा डुराण्ड सिंह खड्काका अनुसार पखला लाग्ने र बान्ता हुने समस्या लिएर बुबाआमा र छोरा अस्पताल आएका थिए । उपचारपछि बुबा ठीक भएर आमा छोराको स्याहारमा रहेका थिए भने आमा छोराको स्वास्थ्यमा सुधार भइरहेको थियो ।

अचानक शुक्रबार मृतक आमाको रक्तचाप कम भई बेहोसीको अवस्था छाएको र छोराको मिर्गौलामा समस्या देखापरेको थियो । त्यसपछि भने थप उपचारका लागि धरान रेफर गरिएको डा खड्काले जानकारी दिए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोशी प्रदेश सरकारविरुद्धको रिट खारेज, मुख्यमन्त्रीमा हिक्मतलाई निरन्तरता

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारविरुद्धको रिट खारेज गरिदिएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्रीमा बहाल रहेका

एसइईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी

काठमाडौँ । २०८० सालको एसइईको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय

प्रतिनिधिसभाबाट बहुमतले बजेट पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले बजेट बहुमतले पारित

मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउँछौंः गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउने बताएका छन् । मंगलबार काठमाडौँमा नेपाल आर्थिक

सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्छः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन् । मंगलबार

रुसी सेनामा रहेका नेपालीहरुलाई फिर्ता ल्याउने पहल जारी छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नेपाली नागरिकलाई रुसी सेनामा नपठाएको बताएका छन् । तर, जुनसुकै माध्यमबाट युद्ध मैदानमा

Techie IT