Techie IT
२०८१ मंसीर २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालकोभिड–१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक

कोभिड–१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।

मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए । यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो ।

मन्त्रालयले सङक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड–१९ को परीक्षण गरेको र कोभिड–१९ को विरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताए । उनले अब कोभिड–१९ को कडाइको रुपमा मापदण्ड पालना गर्नुपर्नेलाई सहज गर्दै अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने जानकारी दिए ।

मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण दर र अस्पतालमा भर्ना दरमा उल्लेखनीय कमी आएको र अधिकांश मानिसले कोभिड–१९ को पूर्णमात्रा खोप लगाइसकेको अवस्था र छिमेकी मुलुक भारतमा पनि कोभिड–१९ को सङ्क्रमण दर न्यून रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड–१९ परीक्षण र कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र चाहिने व्यवस्था हटाएको हो ।

मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तत्कालिन निर्देशक डा चुमनलाल दास संयोजकत्वमा गठित विज्ञ टोलीले अर्को सूचना नभएसम्मका लागि कोरोना परीक्षण र खोप लगाएको प्रमाणपत्र नचाहिने सिफारिस गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने गरिने उल्लेख गरेको छ । मन्त्रालयले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट भएको सहयोगप्रति कृतज्ञता व्यक्त गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नुवाकोटको नुचेतमा दुई छोरासहित आमा मृत फेला

नुवाकाेट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा आमा र दुई जना छोरा मृत भेटिएका छन् । हिजो २४ वर्षीया चन्दीमाया तामाङ

नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा हेल्लो हेल्थ शुरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा शुरु गरेको छ । स्वास्थ्य तथा

भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जाहेर गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारितभएको २१ वर्ष पूरा भएको अवसरमा आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी

विश्वमा नाम राख्नेगरी काम गर्छुः प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वमा नाम राख्नेगरी काम गर्ने बताएका छन् । गृहनगर झापाको दुईदिने भ्रमणमा रहेका

नेपालका लागि इजरायली राजदूत रास्वपा मुख्यालयमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल र नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरी बासबीच भेटवार्ता भएको छ ।

पेस्तोलसहित युवक पक्राउ

काठमाडौं । सर्लाहीमा पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलरा नगरपालिका–६, मिर्जापुरका १९ वर्षीय गोलु भनिने

Techie IT