गृहपृष्ठ ∕ नेपाल ∕ स्वर्ण पदक विजेता गुरुङको सम्मानस्वर्ण पदक विजेता गुरुङको सम्मान नेपाली पत्र शनिबार, २०८० मंसीर २३ गते, १०:०३ मा प्रकाशित नेपाल काठमाडौँ । काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ ।उक्त प्रतियोगितामा स्वर्ण पदक विजेता देवघाट गाउँपालिका–५ गैडाढुङ्गा निवासी गुरुङलाई गाउँपालिकाले शुक्रबार नगद रु २५ हजारसहित सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गुरुङलाई रु २५ हजार नगद र प्रमाणपत्र प्रदान गरे ।कराँते प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाल तथा देवघाट गाउँपालिकाको नाम राख्न सफल भएकाले प्रोत्साहनस्वरुप सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । उनले भने, “उहाँले खेलकुदमार्फत पालिकाको नाम राख्न सफल हुनुभएको छ । खेलाडीलाई प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरेका हौँ ।”सम्मानित भएपछि गुरुङले यसले आफूलाई प्रेरणा मिलेको बताए। गुरुङले ४५ केजीमुनिको समूहमा बङ्गलादेशकी अर्पा सलिहालाई हराउँदै स्वर्ण पदक जितेका थिए। रासस #स्वर्ण पदक विजेताग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनकाठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युकाठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । तीधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ बेनी अस्पतालः ‘बेड’ थपियो, थपिएन जनशक्ति ४ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ५ चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित ६ भारतीय विदेशमन्त्री एस जयशंकर र नेपाली राजदूत डा. शर्माबीच भेटवार्ता ७ ललितपुर महानगरको बजेट साढे ६ अर्बThe Film Nepal