Techie IT
२०८० असोज १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रधानमन्त्री दाहाल इन्दौरबाट नयाँदिल्ली प्रस्थान

प्रधानमन्त्री दाहाल इन्दौरबाट नयाँदिल्ली प्रस्थान


इन्दौर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष विमानमार्फत मध्यप्रदेशको इन्दौरबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेका छन् ।

इन्दौरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले बिदाइ गरे । उनले विमानभित्रै पुगेर नेपाली प्रतिनिधिमण्डलको बिदाइ गरेका थिए ।

सो क्रममा मुख्यमन्त्री चौहानले भारत–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउन आफूहरु तयार रहेको बताए । उनले भारत र नेपालबीच सदियौँ पुरानो सम्बन्ध रहेको र यसलाई अझ प्रगाढ बनाउनुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले आजै इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरे । सो क्रममा उनले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरे । प्रधानमन्त्री दाहालले अवलोकनका क्रममा सो क्षेत्रमा सुनाखरीको बिरुवासमेत रोपेका थिए ।

प्रधानमन्त्री दाहाल शुक्रबार मध्यप्रदेशको इन्दौर पुगेका थिए । इन्दौरमा रहँदा उनले उज्जैनस्थित श्री महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गरेका थिए । उनले इन्दौरमा रहेको फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरेका थिए ।

सो क्रममा इन्दौर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराएका थिए । स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर नगर निगमले फोहर व्यवस्थापनमा गरेको काम विश्वमै नमुनायोग्य मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू निर्वाचित भएपछि स्वच्छ भारत अभियान सुरु गरेका थिए ।

प्रधानमन्त्री दाहाल शुक्रबार मध्यप्रदेशका मुख्यमन्त्रीले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी भए । प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्कने कार्यक्रम छ । उनी यही जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौँ मेडिकल कलेजका चिकित्सकमाथि आक्रमण

काठमाडौँ। सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका चिकित्सकमाथि आक्रमण भएको छ।ओपीडीमा बिरामी जाँच गराइरहेका चिकित्सक डा. मनिष खड्कामाथि आइतबार बिहान आक्रमण भएको

‘अटोमेसन’ आयल निगमको एकाधिकार होइनः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वचलित मूल्य प्रणाली अर्थात् ‘अटोमेसन’ भनेको आयल निगमको एकाधिकार नभएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा

डिल्ली आचार्यको संयोजकत्वमा सुन तस्करी प्रकरणको उच्चस्तरीय समिति गठन

काठमाडौँ। सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले

टोखामा ‘प्रथम कर सप्ताह’ सुरु

काठमाडौँ। टोखा नगरपालिकामा ‘प्रथम कर सप्ताह’ सुरु भएको छ। ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने

प्रधानमन्त्री बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक दिउँसो १२ः३० बजे बोलाइएको हो। बैठकमा सुन प्रकरणमा उच्च

यसवर्षको मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई, मुखियालाई जगदम्बा श्री पुरस्कार

काठमाडौँ। यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास ऐँठनले पाउने भएको छ। मदन पुरस्कार गुठीको आजको बैठकले ऐँठनलाई मदन

Techie IT