Techie IT
२०८० फागुन १५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालपोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु


कास्की । पोखरामा आइतबार साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका—२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का र पोखरा—५ बस्ने २४ वर्षीया भावना बराल छन् ।

पृथ्वीराजमार्गस्थित पोखरा—२६ सुन्दरीबजारमा पोखराबाट तालचोकतर्फ जाँदै गरेका बी एए ००४१ नंको निजी कारले विपरीत दिशाबाट आउँदै गरेको ग१३प ३५७८ नंको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

प्रहरीले कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ र कारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । बिरामी रहेका उनलाई सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल

अध्यागमन विधेयक बहुमतले स्वीकृत भई राष्ट्रिय सभाबाट फिर्ता

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभामा विचाराधीन ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भई फिर्ता गरिएको छ

गाँजासहित दुई एम्बुलेन्स नियन्त्रणमा

काठमाडौँ । तस्करहरुले बिरामी बोक्ने एम्बुलेन्सलाई गाँजा तस्करीमा प्रयोग गरेको पाइएको छ । सुनसरीको चतरा र धनकुटाको भेडेटारबाट गाँजा लोड

बारामा भएको ग्यास सिलिन्डर बिस्फोटमा एक जनाको मृत्यु, ४ जना…

काठमाडौँ । बारामा भएको ग्यास सिलिन्डर बिस्फोटमा एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिकामा सोमबार दिउँसो भएको ग्यास सिलिन्डर

संसद भवन छिरेर लघुवित्त पीडिलते गरे नाराबाजी

काठमाडौँ । लघुवित्त पीडित ऋणीहरु सुरक्षा घेरो छिचोलेर संसद् भवन परिसरमै प्रवेश गरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा संसद्

इलाम र बझाङ उपनिर्वाचनः चैत २४ मा उम्मेदवारी दर्ता

काठमाडौँ । इलाम २ र बझाङ १ को (ख) मा हुन लागेको उपनिर्वाचनका लागि चैत २४ गते मनोनयन दर्ता हुने

Techie IT