Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालटिकटक प्रतिबन्धविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’मा

टिकटक प्रतिबन्धविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’मा


काठमाडौँ। सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्ध परेको मुद्दामाथि आज पनि सुनुवाइ हुन सकेन।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको थियो। यसअघिको इजलासबाट सुनुवाइका लागि तोकिएको मुद्दामा आज ‘हेर्न नभ्याइने’मा परेको हो।

यो मुद्दा ३०औँ नम्बरमा थियो। त्यसअघिका मुद्दा हेर्दामै समय लाग्ने भएपछि टिकटक प्रतिबन्ध विरुद्धको मुद्दामा सुनुवाइ नहुने भएको हो।

यसअघि मङ्सिर १९ गते तोकिएको पेशी तोकिएको थियो। त्यतिवेला पनि ‘ हेर्न नभ्याइने’मै परेको थियो।

सरकारले टिकटकमा प्रतिबन्ध लगाएपछि अधिवक्ताद्वय अनन्तराम लुइँटेल र फर्सुराम पाण्डे तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मङ्सिर १ गते सर्वोच्चमा रिट दायर गरेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT