Techie IT
२०८० फागुन १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालबाराको सिम्रौनगढमा प्रहरीले चलाएको गोली लागेर १ जना घाइते

बाराको सिम्रौनगढमा प्रहरीले चलाएको गोली लागेर १ जना घाइते


बारा। बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली चलाएको छ।

प्रहरीको गोली लागेर एक जना घाइते भएका छन्। गोली लागेका व्यक्तिको नाम भने खुलेको छैन।

बुधवार प्रशासकीय अधिकृत महेश मिश्र नगर प्रमुखको गाडी चढेर कार्यालय जाने क्रममा आन्दोलनकारीले अवरोध गरेका थिए। आन्दोलनकारीले गाडीमा ढुङ्गा प्रहार गरेर गाडी जलाउने तथा नगरपालिकाको कार्यालयमा समेत ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको हो।

यस्तै प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गर्दा १० जना प्रहरी घाइते भएका छन्। घाइते प्रहरीहरुलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

सो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत दुई महिनादेखि कर्मचारीहरूले तलब भत्ता पाउन सकेका छैनन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा बराल नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

काठमाडौँमा हल्का वर्षा

काठमाडौँ । काठमाडौँमा हल्का वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको त्रिभुवन विमानस्थल वरपर हल्का पानी

गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित

काठमाडौँ । गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुखले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११ अर्बभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त विमानस्थल हो । आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप बढ्दो छ

१४४ वर्षपछि अछामको वैद्यनाथ धाममा कोटिहोम लाग्दै

काठमाडौँ । अछामको साफेबगर नगरपालिका९१ मा रहेको वैद्यनाथ धाममा १४४ वर्षपछि सुरु हुन लागेको कोटिहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन्

माओवादी केन्द्रको स्थायी समिति बैठक हुँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज हुँदैछ । पार्टी मुख्यालय पेरिसडाँडामा अपराह्न १ बजे हुने बैठकमा समसामयिक

Techie IT