Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालपाहुनाको पर्खाइमा शुक्लाफाँटाको खयरकन्द्रा घरबास

पाहुनाको पर्खाइमा शुक्लाफाँटाको खयरकन्द्रा घरबास


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ की वसन्ती चौधरी खयरकन्द्रा घरवास (होमस्टे)की सञ्चालक हुन् । घरवास सञ्चालनका लागि अतिथि सत्कार गर्ने कार्यमा उनी निपुण भएकी छन् । पाहुना आएपछि उनी घरवास सञ्चालक महिलासँगै परम्परागत पहिरनमा सजिएर हसिलो मुहारमा फूलमाला र अबिर लिएर सत्कार गर्नका लागि तम्तयार भएर बस्छन् ।

एकपटक घरिासमा पुगेका पाहुना थारू महिलाको सेवा, सत्कार गर्ने बानी देखेर पुनः फर्केर आउने गरेका छन् । वसन्तीले घरबास सञ्चालनका लागि तालिम लिएपछि दक्ष बनेकी हुन् । उनीजस्तै खयरकन्द्रा सामुदायिक घरबासमा आठ परिवार आबद्ध छन् । सबै परिवारका सदस्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, तारागाउँ विकास समिति र मितजी ग्रुपलगायत संस्थाबाट घरवास सञ्चालनबारे तालिम लिएका छन् ।

सबै परिवारका सदस्यले पाहुनालाई सत्कार गर्ने, पाहुनाको चाहनाअनुसार मौलिक परिकार बनाएर खुवाउने, परम्परागत गीत र नृत्य देखाउने गर्दछन् । त्यो सबै कार्य तालिम लिएपछि सम्भव भएको सामुदायिक घरवास व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर डगौरा बताउँछन् ।

“धेरै पाहुना बाह्य जिल्लाबाट सामुदायिक घरवास हेर्नका लागि र यस क्षेत्रको मनोरम दृश्यसँगै थारू संस्कृति हेर्नका लागि पुग्ने गर्दछन्”, उनले भने, “थारू परिकारका पारखी पनि पुग्ने गर्दछन् ।” कोरोना महामारीअघि घरबासमा पाहुना खचाखच भरिने गरेका थिए । “महामारी फैलिएपछि घरबासमा पाहुना आएनन्”, पुरनले भने, “धेरै दिन बन्द नै गर्नुपर्यो, महामारीको अन्त्यपछि पुनः पाहुना फाट्टफुट्टरूपमा आउन थालेका छन्, अझै पहिलाझैं घरवासमा खचाखच पाहुना भरिने दिनको पर्खाइमा छौँ ।”

उनका अनुसार घरवासमा आउने पाहुनालाई सामुदायिक भवनमा स्वागत गर्ने गरिएको छ । स्वागत कार्यक्रमपछि पाहुनालाई घरवास सञ्चालकले पालो मिलाएर घर–घरमा बस्ने व्यवस्था मिलाउने गरेका छन् । पाहुनाको चाहनाअनुसारका परिकार खुवाइसकेपछि उनीहरूकै इच्छामा परम्परागत नृत्य देखाउने गरिन्छ । नृत्यपछि पाहुना घरवासमा सुत्नका लागि जाने गरेका छन् । पाहुनाबाट परिकारअनुसारको शुःल्क लिइने गरिएको छ ।

“पाहुनालाई थारू संस्कृति, रहनसहनबारे जानकारी दिनका लागि गाउँ डुलाउने व्यवस्था पनि गर्न थालेका छौँ”, घरबास सञ्चालक टीकुराम दहितले भने, “बूढापाकाबाट संस्कृतिबारे जानकारी दिन्छौँ, परम्परागत पहिरन, खानपान, रहनसहनबारे जानकारी दिन्छौँ, यस कार्यले थारू समुदायबारे सोध, अनुसन्धान गर्नेलाई सहयोग पुग्छ ।”

गाउँ नजिकै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको खयरकन्द्रा तालको मनोरमदृश्य नियाल्नका लागि निकुञ्ज कार्यालयसँग समन्वय गरी घुमाउने प्रबन्धका लागि कार्य अगाडि बढाइएको उनी बताउँछन् । घरबास सञ्चालकले पहिला पाहुना भित्र्याएर महिनामा रु। ३० हजारदेखि रु ५० हजारसम्म आम्दानी गर्दै आएका थिए ।

“कोरोनाका कारण घरबास सञ्चालकले निकै घाटा व्यहोर्नुप र्‍यो”, गाउँका बडघर रामप्रसाद चौधरीले भन्नुभयो, “कोरोनापछि हाल वर्षमा रु ५० हजार जति आम्दानी हुन थालेको छ, घरबास प्रवर्द्धनका लागि सरकारी निकायले अनुदानको व्यवस्थासँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्छ ।” गतिलो सडक पूर्वाधार नहुँदा पर्यटकलाई यहाँसम्म पुग्न सकस हुने गरेको उनको भनाइ छ ।

“सामुदायिक घरवाससम्म पुग्न सडक कालोपत्र गर्नका लागि नगरपालिकासँग माग गर्दै आएका हौँ”, उनले भने, “नगरप्रमुखलाई यसबारे अवगत गराउनुका साथै अवलोकन गराएका हौँ, अहिलेसम्म अश्वासनबाहेक अरु केही पाउन सकेको छैन ।”

सामुदायिक घरबास सञ्चालक समितिका सचिव दानसिंह दहितका अनुसार हालसम्म घरबासको जग्गा खरिद र सामुदायिक भवन निर्माणका लागि वडा कार्यालयबाट रु। दुई लाख, तारागाउँ विकास समितिबाट रु। चार लाख, राष्ट्रिय प्रकृति संरक्षण कोषबाट रु। १३ लाख र सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट ?।

३० लाख सहयोग गरिएको छ ।

“जग्गा खरिद र भवन निर्माणकार्य पूरा भए पनि घेराबार, पर्खाल निर्माणका लागि रकम अभाव छ”, उनले भने, “परम्परागत नृत्य गर्ने महिलाका लुगा चाजाँपाजो मिलाउने कार्यसँगै फर्निचरको व्यवस्थापन गर्न आवश्यक रकमको अभाव छ ।”

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि घरवास सञ्चालनमा लागेकालाई गैससको सहयोगमा नगरपालिकाका तर्फबाट सातदिने तालिम दिइएको नगरउपप्रमुख कल्पना पन्तले बताउनुभयो । “तालिम दिएपछि घरबास सञ्चालकको कार्यक्षमतामा वृद्धि भएको छ”, उनले भने, “घरवासमा पूर्वाधार निर्माण, सौन्दर्यकरण, पर्यटकीय क्षेत्रको विकासका लागि कार्य अगाडि बढाएका छौँ ।” पर्यटन बोर्डसँगको लागत साझेदारीमा पर्यटकीय क्षेत्रसँगै घरवास सञ्चालकलाई फाइदा पुग्ने गरी कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ थियो ।

उनका अनुसार वडा नम्बर ३ मा खयरकन्द्रा सामुदायिक घरवास सञ्चालनमा छ भने वडा नं ७ मा कृष्णसार सामुदायिक घरवास विधिवत् रुपमा दर्ता भई सञ्चालनको तयारीमा छ । वडा नं ८ मा घरवास सञ्चालनको तयारी गरिएको छ । पर्या पर्यटन प्रवर्धनका लागि नगरपालिका क्षेत्रभित्रका दर्शनीय पर्यटकीय स्थलहरुको अवलोकन गराउने व्यवस्था गराइने उनको भनाइ छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको क्षमा पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

संक्रमणकालीन न्यायको विषयमा कार्यदल सहमति नजिक

काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न

कोसीमा माओवादीका मन्त्रीले आज राजीनामा दिने

विराटनगर । कोसी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सरकार छाड्ने भएका छन् । उनीहरूले शुक्रबार अपराह्नसम्म मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको

Techie IT