Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालसुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश


काठमाडौँ । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नदिने काठमाडौँ महानगरपालिकालको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

शुक्रबार उच्च अदालत पाटनका न्यायधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको सयुक्त इजलासले काठमाडौँ महानगरको सुर्तीजन्य पदार्थमा बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

आदेशमा अन्तिम टुङ्गो नलागेसम्म निर्णय कार्यान्वयन नगर्नरनगराउन भनिएको छ । “निवदेकले रीतपूर्वक उद्योग व्यवसाय सञ्चालन गरी कर तथा राजस्व नियमित तिर्दै बुझाउँदै आएको अवस्थामा हाल काठमाडौँ महानगरले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ४ एवम् काठमाडौँ महानगर जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ लाई आधार मानी निवेदकको बिक्री विवरण समेतमा पूर्ण प्रतिबन्ध लगाएको छ”, भन्ने सूचनाले निवेदकले कानुन बमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकुल असर परी अपूरणीय क्षति पुग्नसक्ने अवस्था देखिएको छ,” आदेशमा उल्लेख गरिएको छ ।

काठमाडौँ महानगरले यही मङ्सिर २७ गतेदेखिे प्लास्टिक प्याकेजिङ् गरिएका, खैनी, गुट्खा, पानपराग जस्ता सुर्तीजन्य पदार्थको बिक्री विवरणमा रोक लगाएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT