Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालनागरिकका गुनासो सुन्न गाउँ-गाउँमा प्रशासन

नागरिकका गुनासो सुन्न गाउँ-गाउँमा प्रशासन


अछाम । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अछामले नागरिकका समस्या सुन्न र सेवा प्रवाहबारे जानकारी गराउने उद्देश्यले जिल्लाका १० वटै स्थानीय तहमा अन्तरक्रिया तथा छलफल सुरु गरेको छ ।

सोही अभियानअन्तर्गत शुक्रबार चौरपाटी गाउँपालिकामा एक कार्यक्रम आयोजना गरियो । सो अवसरमा जिल्ला प्रशासन र प्रहरी प्रमुखले आफू मातहत र कार्यालयबाट प्रदान गर्ने सेवाबारे जानकारी प्रदान गरे ।

प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले समाजका कुरीति तथा कुसंस्कारविरुद्ध सबैलाई सचेत पार्ने उद्देश्यले सबै पालिकामा सचेतनामुलक कार्यक्रम गरिएको बताए । सो अवसरमा उनले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवा प्रवाहका साथै ऐन, निर्देशिका, कार्यविधिलगायत विषयमा जानकारी गराए ।

उनले स्थानीय नागरिक तथा स्थानीय तहका जनप्रतिनिधिले नागरिकता, महिला हिंसा, बालबिवाह, छुवाछूत, लागुऔषधलगायत समाजिक कुसंस्कारलाई कम गर्न सुरक्षा निकायको महत्वपूर्ण भूमिका भएकाले सहयोग गर्नुपर्ने बताए ।

लागुऔषधका घटना बढ्न थालेपछि अछाम–डोटीको सिमाना चौखुट्टे र दैलेख–अछामको सिमाना बेलखेतमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।

गाउँपालिका अध्यक्ष भिमबहादुर साउदले नागरिकलाई सचेत बनाउने उद्देश्यले सबै वडामा सचेततामुलक कार्यक्रम सञ्चालनको तयारी भएको बताए । अछामको चौरपाटी गाउँपालिका र डोटिको पुर्वीचौकी गाउँपालिकाबीच समन्वय गरी लागुऔषध न्यूनीकरण र रोकथामका लागि कडाइका साथ अभियान सञ्चालन गरिने उनको भनाइ छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT