Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रधानमन्त्री प्रचण्डद्वारा ७ वटै प्रदेशका लागि सडकमानव उद्दार गर्न सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता

प्रधानमन्त्री प्रचण्डद्वारा ७ वटै प्रदेशका लागि सडकमानव उद्दार गर्न सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता


हेटौँडा । सडकमानव उद्दार गरी पालनपोषण गर्ने तथा पारिवारिक रुपमा पुनर्मिलन गराउने उद्देश्यले हेटौंडामा मुख्यालय रहेको मानवसेवा आश्रमको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

हेटौंडा ९ लामसुरेधापमा करिव १४ करोड रुपियाँको लागतमा निर्माण भएको आश्रमको भवन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड ७ वटै प्रदेशका लागि सडकमानव उद्दार गर्न सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले आश्रममा आश्रित नागरिकलाई प्रतिब्यक्ति प्रतिमहिना १० हजार रुपियाँका दरले राज्यले नगद उपलब्ध गराउनको लागि ब्यबस्थापनको जिम्मेवारी लिने बताए ।

मानवता प्रबद्र्धनको पुण्य अभियानका लागि काम गर्ने संस्थाको कार्यक्रम भएकोले पनि आफू उपस्थित भएको प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले कठोर संघर्षपछि नागरिकको प्रत्यक्ष सहभागितामा निर्माण नेपालको संविधानले आमनेपाली जनतालाई सार्वभौम बनाएको बताउँदै शिक्षा, स्वास्थ्य रोजगारलाई मौलिक हकको रुपमा राखिएको बताए ।

संविधानप्रदत्त अधिकार कार्यान्वयन हुने क्रममा नै रहेको अबस्थामा संविधानले दिएको काम मानवसेवा आश्रमले गरिहेको भन्दै सरकारले मानवसेवा आश्रमलाई अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले ब्यक्त गरे ।

मानवसेवा आश्रमको कामले राज्यलाई पनि झक्झकाउँदै तरंग प्रदान गरेको उनको भनाई छ । प्रधानमन्त्री प्रचण्डले मानवसेवा आश्रमबाट भएको कामलाई बिस्तार गर्न सातवटै प्रदेशमा भवन निर्माण, उद्दारको लागि सवारी साधन ब्यवस्थापन लगायतको कार्य सरकारले गर्ने प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले खाना, नाना र छाना जुटाउन नसक्ने नागरिकको संरक्षक सरकार नै हो भन्ने महशुस गराउन आश्रम ब्यवस्थापनको लागि प्रदेश सरकारले ४० लाख रुपियाँ बजेट बिनियोजन गरेको जानकारी दिए । मुख्यमन्त्री जम्कट्टेलले सरकारको ध्यान मानवसेवामा भएको प्रमाण नै प्रधानमज्त्री स्वयं यो कार्यक्रममा उपस्थित हुनुले जनाएको बताए ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले राज्यको पनि सहभागितामा आश्रममार्फत् सडकमानवमुक्त प्रदेश बनाउने अभियानमा प्रदेश सरकारको पूर्ण सहयोग रहने बताए।

सरकारले आश्रमलाई ध्यान दिंदा बृद्धबृद्धा नागरिकको हेरचाह गर्न सहज हुने मन्त्री मोक्तानले बताए । उनले आश्रममा जन्म लिएका बालबालिकाको नागरिकताको सवाल जटिल बनेकोले कानून निर्माण वा संशोधन गरी बाटो फुकाउनुपर्ने बताए ।

बागमती प्रदेशसभा सदस्य एबम् नेपाली काँग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मानवसेवा आश्रमको माध्यमले हेटौंडाबाट मानवताबादी फैलने आशा ब्यक्त गरे । राजनीति गर्ने नेतृत्वले पनि मानवताबादी राजनीति गर्न बानियाँको आग्रह थियो । अब सबै मिलेर सडकमावनमुक्त राज्य निर्माणमा लाग्नुपर्ने बानियाँले जनाए ।

हेटौंडा उपमहानगरपालिका कार्यबाहक नगरप्रमुख राजेश बानियाँले हेटौंडाको पहिचानको रुपमा रहेको आश्रमले मानवताको प्रबद्र्धन गरेको बताए । प्रमुख बानियाँले पालिकाले आश्रमको पबित्र अभियानलाई निरन्तर सहयोग गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौँ महानगरले १ लाख बीमितको कार्ड जारी गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । कामपाभित्र स्वास्थ्य बीमा

सरकारले गर्‍यो ६ सचिवको सरुवा

काठमाडौँ । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णय

काठमाडौँ । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार, अवस्था गम्भीर

काठमाडौँ । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ । छात्राको अवस्था

जापान पठाइदिन्छु भन्दै ३ करोड ठग्ने दुई जना पक्राउ

काठमाडौँ । अरूको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ

स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्तः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता

Techie IT