गृहपृष्ठ ∕ नेपाल ∕ बलात्कार आरोपमा माओवादी नेता देवकोटा पक्राउबलात्कार आरोपमा माओवादी नेता देवकोटा पक्राउ नेपालीपत्र आईतबार, २०८० पुस १ गते, १३:३० मा प्रकाशित नेपाल काठमाडौँ। आफ्नै घरमा काम गर्ने किशोरी बलात्कारको आरोपमा माओवादी नेता भूमिनन्द देवकोटा पक्राउ परेका छन्। प्रहरीले काठमाडौँ बस्दै आएका गोरखाका ६५ वर्षीय देवकोटालाई पीडित किशोरीले दिएको जाहेरीका आधारमा गत साता पक्राउ गरेको हो।पीडित भनिएकी १७ वर्षीया किशोरी देवकोटाकै घरमा बस्दै आएकी थिइन्। अनुसन्धानका क्रममा ६ वर्षको उमेरदेखि पीडित बालिकालाई देवकोटाले आफ्नो घरमा संरक्षण दिएर राखेको बताइएको छ। प्रहरीमा पीडित बालिकाले दिएको जाहेरीमा देवकोटाले विगत एक वर्षदेखि उनलाई जबरजस्ती करणी गरेको उल्लेख छ।गोरखा स्थायी घर भएका देवकोटाको काठमाडौँस्थित घरबाट गत तिहारको समयमा पीडित किशोरी यौन अत्याचार सहन नसकेर निस्किएकी थिइन्। देवकोटाको घरबाट निस्किएपछि उनी एक युवकसँग बस्दै आएकी थिइन्। प्रहरीले प्रेमी भनिएका ती युवकलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा पेप्सीकोला बस्ने २७ वर्षका दीपेश नेपाली रहेका छन्। नेपालीले पीडित भनिएकी किशोरीलाई कात्तिक ३० गते बलात्कार गरेको जाहेरीमा उल्लेख छ। हाल दुबै जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।देवकोटा, हिसिला यमी मन्त्री हुँदाका पिए समेत हुन्। तर माओवादी विभाजनदेखि नै देवकोटा बाबुराम भट्टराई र हिसिला यमीसँग छुटिएका थिए। #बलात्कार #भूमिनन्द देवकोटाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन २ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त ३ पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै ४ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग ६ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली ७ पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोThe Film Nepal