Techie IT
२०८० फागुन २२, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालरुसी सेनामा कार्यरत कैलालीका भरत शाहको मृत्यु

रुसी सेनामा कार्यरत कैलालीका भरत शाहको मृत्यु


कैलाली। रुस–युक्रेन युद्धमा कैलालीको टीकापुर नगरपालिका– १ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको छ।

तीन महिनाअघि रुसी सेनामा भर्ना भएका भरतको मृत्यु भएको खबर उनका परिवारले शुक्रबार मात्र पाएका हुन्।

आइतबार कुसको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा भरतको अन्तिम संस्कार गरिएको छ। उनका मृत्युबारे परराष्ट्र मन्त्रालय र रुसी सरकारले हालसम्म परिवारलाई ‌औपचारिक रुपमा जानकारी भने दिइसकेको छैन।

सात वर्ष नेपाल प्रहरीमा काम गरेका शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा गरेर दुबई गएका थिए। उनी दुबईमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए र उतैबाट रुस गएका थिए।

शाहका श्रीमति, चार वर्षका छोरा र तीन महिनाकी छोरी छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डिजिटल कर्णाली निर्माणका लागि प्रदेश सरकारको १४ बुँदे प्रतिबद्धता

काठमाडौँ । कर्णाली प्रदेश सरकारले ‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न राष्ट्रियस्तरको ‘डिजिटल

पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ ५ बजे हुने

काठमाडौँ । सोमबार सत्ता गठबन्धन परिवर्तन भएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ अपरान्ह ५ बजे हुने भएको छ । प्रधानमन्त्री

प्रतिनिधि सभा बैठक फागुन २४ गतेसम्मको लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । विशेष राजनीतिक परिस्थितिका कारण आज बस्ने भनिएको बैठक स्थगित भएको हो

परराष्ट्रमन्त्री साउदको फिनल्यान्ड भ्रमण रद्द

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण रद्द भएको छ । फिनल्यान्डको हेल्सिन्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन गए राति

सत्ता गठबन्धनको बैठक स्थगित

काठमाडौँ । बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै

भीपीएन प्रयोग गरेर नाबालिगको फोटोमा जथाभावी पोष्ट गर्ने एक जना…

काठमाडौँ । आफ्नो परिचय लुकाउन भर्चुअल प्राइभेट नेटवर्क भीपीएन प्रयोग गरेर फेक आईडी बनाएर नाबालिगलाई हैरानी दिएको आरोपमा एक जना

Techie IT