गृहपृष्ठ ∕ नेपाल ∕ करणी मुद्दाका व्यक्तिलाई कुवेतबाट पक्राउ गरेर नेपाल ल्याइयोकरणी मुद्दाका व्यक्तिलाई कुवेतबाट पक्राउ गरेर नेपाल ल्याइयो नेपालीपत्र मंगलबार, २०८० पुस ३ गते, १७:१७ मा प्रकाशित नेपाल प्रतीकात्मक तस्बिरकाठमाडौँ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरिएका एक व्यक्तिलाई कुवेतबाट पक्राउ गरेर नेपाल ल्याइएको छ ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–८ का ३१ वर्षीय उमेश लामा छन् । एनसीबी कुवेतको समन्वयमा उनलाई पक्राउ गरिएको थियो । सम्बन्धित मुद्दामा कारबाही गर्न मंगलबार उनलाई नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।लामाविरुद्ध प्रहरी वृत्त जगातीमा जबरजस्ती करणी मुद्दामा उजुरी दर्ता गरिएको थियो । प्रहरी अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीका सिलसिलामा कुवेतमा रहेको थाहा भएको थियो ।अन्तर्राष्ट्रियस्तरमा खोजतलास र पक्राउ गर्न नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गएको असोज ११ गते उनीविरुद्ध रेड नोटिस जारी गरिएको थियो । घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । #पक्राउग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनकाठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युकाठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । तीधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ४ ‘मलाई जेलमा हाले पनि, म न त सम्झौता गर्छु न आत्मसमर्पण गर्छु’ ५ आज जनैपूर्णिमा ६ युक्रेनको खेरसनमा रुसको भीषण गोलाबारी, १८ औं शताब्दीको ऐतिहासिक चर्च पनि ध्वस्त ७ ब्राजिलमा चक्रवाती आँधीकाे कहर, हालसम्म ११ जनाको मृत्यु, २० जना बेपत्ताThe Film Nepal