गृहपृष्ठ ∕
नेपाल ∕
ध्यान शिविरका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्यः योगेश भट्टराई ध्यान शिविरका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्यः योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको बताएका छन् ।
नागपुरको रेसिमबाग मैदानमा सञ्चालित ध्यान शिविरमा सहभागी हुँदै सचिव भट्टराईले ध्यान शिविरहरु नेपालमा पनि सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले सो शिविरलाई हिमालय ध्यान शिविरको रुपमा चित्रण गर्दै त्यस्तो ध्यान शिविर नेपालमा पनि सञ्चालन गर्नुपर्ने आवश्यक्ता औंल्याए ।
सचिव भट्टराईले हिमालय क्षेत्रबाट नै सो शिविर प्रादुर्भाव भएकाले नेपाल यसको पेटेन्ट राईट मुलुक भएको जिकिर समेत गरे । उनले त्यस्ता खालको ध्यान शिविरहरुमा लागि नेपाल विश्वकै सुन्दर ठाउँ भएकाले नेपालले पनि त्यस्ता सामुहिक ध्यान शिविर सञ्चालन गर्दै अघि बढ्नसक्ने समेत बताए ।
गत पुस ३ गतेबाट सुरु भएको सो ध्यान शिविर १० दिनसम्म चल्ने छ । ७० राष्ट्रका करिब १ लाख ५० हजार साधकहरुको सहभागिता रहेको बताइएको सो शिविरमा गुरु शिव कृपानन्द स्वामीले प्रवचन दिइरहेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार मे १ बाट चीनले नेपाली
काठमाडौँ । काठमाडौँको शंखमूलस्थित एक ग्यारेजमा आइतबार आगलागी भएको छ । ग्यारेजबाट सुरु भएको आगलागी सँगै जोडिएका अरू टहरामा समेत
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन
काठमाडौं । जापानी परराष्ट्रमन्त्री खामिखावा योको वैशाख २३ गते अर्थात् अर्को आइतवार नेपाल भ्रमणमा आउने भएको छ । जापानको विदेश
काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय
काठमाडौँ । आजबाट शुरु हुन लागेको दुई दिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार छ सय