Techie IT
२०८१ वैशाख २३, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालआयात घटेर साढे छ खर्ब नजिक

आयात घटेर साढे छ खर्ब नजिक


काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर) मा आयात घटेको छ । बजारमा माग कम हुँदा बाहिरी मुलुकबाट हुने आयातमा कमी आएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात ३।३९ प्रतिशतले घटेर छ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ लाख रुपियाँमा झरेको छ ।

गत वर्ष सो अवधिमा छ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार रुपियाँको आयात भएको थियो । पाँच महिनाको अवधिमा निर्यात ६।०९ प्रतिशतले घटेर ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपियाँमा झरेको छ । गत वर्ष सो अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख रुपियाँको निर्यात भएको थियो ।

पाँच महिनामा वैदेशिक व्यापार घाटा ३।०९ प्रतिशतले घटेर पाँच खर्ब ७९ अर्ब १५ लाख २९ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा व्यापार घाटा पाँच खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार रुपियाँ थियो ।

पाँच महिनामा कुल वैदेशिक व्यापार ३।६४ प्रतिशतले घटेर सात खर्ब पाँच अर्ब ४१ करोड ६३ लाख ९८ हजार रुपियाँमा पुगेको छ । अघिल्लो वर्ष मुलुक वैदेशिक व्यापार सात खर्ब ३२ अर्ब ५० करोड ९५ लाख रुपियाँ रहेको थियो । पाँच महिनामा भएको आयातबाट एक खर्ब ७० अर्ब ९८ करोड १२ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ ।

पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । फलाम तथा स्टिलको आयातसमेत केही खुम्चिएको छ । कच्चा भटमासको तेल र औषधी आयातसमेत घटेको छ । यस वर्ष तयारी पोसाक र अन्नको आयात भने बढेको तथ्याङ्कले देखाएको छ । पाँच महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयात एक खर्ब २८ अर्ब रुपियाँको भएको छ । यस्तै ५२ अर्ब ४४ करोड रुपियाँको आइरन र स्टिल आयात भएको छ ।

यस्तै विद्युतीय सामग्रीको आयात ४५ अर्ब २४ करोडको रहेको छ । सवारी साधन र यसका पार्टपुर्जाको आयात २९ अर्ब २० करोड रुपियाँको रहेको छ ।

पाँच वर्षमा वर्ष फलाम तथा त्यसको उत्पादनको निर्यात बढे पनि ऊनी गलैँचा, यार्न, जुट तथा जुटका उत्पादनको निर्यातमा कमी आएको तथ्याङ्क छ । व्यापार घाटासमेत भारतसँग छ । पाँच महिनाको अवधिमा छिमेकी मुलुक भारतबाट तीन खर्ब ९४ अर्ब रुपियाँको आयात हुँदा नेपालबाट ४२ हजार रुपियाँ बराबरको निर्यात भएको छ ।

आयात बढ्दै गए पनि निर्यात न्यून हुँदा भारतसँग तीन खर्ब ५२ अर्ब ७६ अर्ब ८५ लाख रुपियाँ व्यापार घाटा रहेको छ । दोस्रो छिमेकी मुलुक चीनबाट एक अर्ब २५ अर्ब ६२ करोड रुपियाँको आयात हुँदा एक अर्ब तीन करोड ३४ लाख रुपियाँको निर्यात भएको छ । चीनसँग एक खर्ब २४ अर्ब ५८ करोड ७७ लाख रुपियाँ व्यापार घाटा रहेको छ । नेपालको कुल १५१ मुलुकसँग वैदेशिक व्यापार रहेको छ । जसमध्ये सबैभन्दा धेरै भारतसँग रहेको छ । गोरखापत्र




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालीको औसत आयु ७१.३ वर्ष

काठमाडौं । नेपालमा वार्षिक रुपमा ०.९२ को दरले जनसंख्या वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ । जनसंख्या साक्षरता पुस्तक तथा

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्रीस्तरीय

कीर्तिपुरमा यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन जना घाइते

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा तीनजना घाइते छन् ।

ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा पाँच जना घाइते

काठमाडौँ । ललितपुरको ग्वाको नजिकै एक टहरामा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार मोबिल

काभ्रेको जंगलमा आगो लगाउने ५ जना पक्राउ

काठमाडौँ । काभ्रेको जंगलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जंगलमा आगो लगाएको आरोपमा

भक्तपुरको एक उद्योगमा आगलागी हुँदा २ जना घाइते, करिब २…

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित एक प्लाई कार्पेट कारखानामा आगलागी हुँदा करिब २ करोडको क्षति भएको छ ।

Techie IT