Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालगाउँ रित्तिदै गएकामा राष्ट्रपति पौडेल चिन्तित

गाउँ रित्तिदै गएकामा राष्ट्रपति पौडेल चिन्तित


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभावमा गाउँ रित्तिदै गएकामा चिन्ता व्यक्त गरेका छन् । ठमेलस्थित सरस्वती बहुमखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आज उनले गाउँ रित्तिने अवस्थाको समाधान खोज्न आग्रह गरे ।

“लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने नागरिकको अभावमा गाउँ किन रित्तिदै छन् रु नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ”, राष्ट्रपति पौडेलले भने । उनले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली नागरिक ताँती लागेर विदेशिने क्रमलाई रोक्ने गरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी रहेको बताए ।

राष्ट्रपति पौडेलले कुनै पनि देशको शिक्षा सामाजिक, आर्थिक अवस्था र आवश्यकताअनुरुप निर्धारण हुनुपर्नेमा जोड दिँदै बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पु¥याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति तथा कार्यक्रम निर्माण गर्न सुझाव दिए । “यसका लागि सामूहिक प्रयत्न जरुरी छ, जसको थालनी उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाबाट हुन आवश्यक छ”, उनले भने ।

देशकै पुरानो शिक्षण संस्था सरस्वती क्याम्पसको वार्षिकोत्सवमा उपस्थित हुन पाउँदा राष्ट्रपति पौडेलले खुसी व्यक्त गरे । उनले सोही क्याम्पसमा अध्ययन गरेका थिए । “मेरो जीवनको ऊर्जावान समय र मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा यस क्याम्पसमा पढ्दा मेरो सहभागिता रहेको थियो”, उनले भने–“म भित्र रहेको राजनीतिक चेतलाई प्रखर बनाउन यस क्याम्पसको वातावरणले दिएको ऊर्जा र प्रेरणा मेरा लागि सदा स्मरणीय रहनेछ ।”

सबै नेपालीका छोराछोरीले शिक्षा प्राप्त गर्न अत्यन्त कठिन भइरहेका ती दिनमा पनि सस्तो सुलभ ढङ्गले उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गरेको सरस्वती क्याम्पस नेपालको शिक्षा क्षेत्रका लागि प्रेरणाको स्रोत बनेको राष्ट्रपति पौडेलले उल्लेख गरे ।

“क्याम्पससँग अहिलेको अवस्थामा पनि भौतिक संरचना अभाव हुनु चिन्ताको विषय हो । देशको पुरानो र अग्रणी संस्था सरस्वती क्याम्पसको भौतिक पूर्वाधारलगायतमा विशेष सहयोग गर्न म सरकारसँग आग्रह गर्दछु”, उनले भने ।

समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति प्रा डा शिवलाल भुसालले नयाँ संस्था स्थापना गर्नेभन्दा पनि भएको संस्थालाई सबलीकरण गरेर जानुपर्ने बताए । विश्वविद्यालयले राज्यको उत्पादनसँग जोड्ने योजना बनाउनुपर्नेमा जोड दिँदै उहाँले पढ्दै, सिक्दै र आर्जन गर्दै जाने वातावरण सिर्जना गरिनुपर्ने उल्लेख गरे । “राज्यको योजनामा विश्वविद्यालयलाई जोडेर लैजान सकेमात्रै उपलब्धि हासिल हुन्छ”, उनले भने ।

क्याम्पसका संस्थापक क्याम्पस प्रमुख प्रा शङ्करराज पाठकले राष्ट्रपति पौडेल विद्यार्थीकालमा अत्यन्तै सक्रिय रहनुभएको स्मरण गर्दै उनको सक्रियतामा नै राष्ट्रले विकास र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे । क्याम्पस प्रमुख गोलमान गुरुङले शैक्षिक गुणस्तरलाई ध्यानमा राखेर क्याम्पसले विविध शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराए ।

विसं २०१६ पुस १० गते स्थापना भएको सरस्वती क्याम्पसमा हाल दुई सयभन्दा बढी प्राध्यापक र २५ कर्मचारी कार्यरत छन् । सो क्याम्पसमा स्नातक र स्नातकोत्तर तहअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रममा करिब सात हजार विद्यार्थी अध्ययनरत छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT