Techie IT
२०८२ जेठ ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालगभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट दायर

गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट दायर


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार रिट दर्ता गराएका हुन् ।

मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटको पेशी भोलि शुक्रबारलाई तोकिएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम् स्नातकोत्तर तोकिएको छ। तर, गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेको दाबी निवेदकको छ ।

अधिकारी उक्त पदका लागि योग्य नरहेको भन्दै नियुक्ति बदरको मागसमेत गरिएको छ । गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेण्ट मात्रै रहेको र त्यो स्नातकोत्तर वा सोसरह नभएको रिटमा उल्लेख छ ।

०७६ चैत २४ मा सरकारले अधिकारीलाई गभर्नर नियुक्त गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी: स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्यका समस्या समाधानमा क्रियाशिल संघ संस्थाहरुबीच काममा दोहोरोपना हटाउन तथा सहकार्य बढाउन पहल

चितवनकाे रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते

चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

चिनियाँ नेता सियाओ जी काठमाडौंमा

काठमाडौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनी सगरमाथा संवादमा

सतुङ्गलको कपडा पसलमा आगलागी

काठमाडौं । चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ । आज बिहान करिब

ग्यास चुहिएर मखनटोलमा आगलागी, १ जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा १ जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका

मनसुनको पूर्वतयारी तथा प्रतिकार्यका लागि राष्ट्रिय कार्ययोजना निर्माण गरिँदै

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ निर्माण गर्दैछ । मौसम

Techie IT