Techie IT
२०८१ जेठ २, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी


काठमाडौँ । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा. डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्रा.डा. अन्सारीलाई नियुक्त गरिएको हो ।

बिरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा. अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन् ।

नवनियुक्त प्रबन्ध निर्देशक डा. अन्सारीलाई शुक्रबार कलेजका अध्यक्ष डा. भोला रिजाल, बोर्ड अफ डाइरेक्टरहरू डा. आनन्दप्रसाद श्रेष्ठ, डा। साविहा यासमिन, सहजबाज अन्सारी, प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, भाइस–प्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, अस्पताल निर्देशकद्वय डा.राजेश किशोर श्रेष्ठ, प्रा.डा. मोदनाथ मरहट्ठा, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का लगायतले स्वागत गरे ।

नवनियुक्त प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले पदभार ग्रहण गर्दै नेपाल मेडिकल कलेजलाई नयाँ उचाईमा लैजाने बताउँदै त्यसका लागि सबैले आ–आफ्नो पदीय दायित्व अनुसार कर्तव्य पुरा गर्नुपर्ने बताए । कलेजमा रहेका समस्या र चुनौतिहरुलाई सामुहिक एकताबाट हल गर्दै स्वास्थ्य सेवा र मेडिकल शिक्षाको विकास, विस्तारमा आफु २४ सै घण्टा लागिपर्ने बताउँदै कलेजको स्तरवृद्धिमा सबैको सकारात्मक पहल र भूमिका खेल्न आग्रह गरे ।

‘जो जहाँ हुनुहुन्छ उहाँहरुले आ–आफ्नो भूमिका सकारात्मक रुपमा निर्वाह गरौं । मेरो कार्यालयको ढोका सबैको लागि खुल्ला छ । नेपाल मेडिकल कलेजलाई नयाँ उचाईमा पुर्याउन यहाँहरुको महत्वपूर्ण भूमिका रहनेछ । तपाईहरुको सहयोग भयो भने यो कलेज राम्ररी अगाडी बढ्दै जानेछ ।’ डा। अन्सारीले भने । नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको विकास, विस्तारमा नेपाल मेडिकल कलेजको महत्वपूर्ण योगदान रहेको जनाउँदै अन्सारीले शिक्षक, कर्मचारी, विभागीय प्रमुख र विद्यार्थीहरुसँग निरन्तर छलफल, अन्तरक्रिया गरेर सामुहिकतामा आफु अगाडी बढ्ने जनाए ।

ब्यवस्थापन र कर्मचारीहरुको सामुहिक कार्यगत एकताका कारण नै नीजि क्षेत्रका संस्थाहरु सफल भएको बताउँदै उनले कलेजका कर्मचारी र फ्याकल्टीहरुसँग ब्यवस्थापन पक्ष सदैव सहकार्य गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष डा.भोला रिजालले कुशल शल्यचिकित्सकसमेत रहेका अन्सारीलाई कलेजको प्रबन्ध निर्देशकमा स्वागत गर्दै विरगञ्जमा सफल रुपमा मेडिकल कलेज सञ्चालन गरेको अनुभव भएकोले त्यो अनुभवले नेपाल मेडिकल कलेजको विकासमा योगदान पुग्नेमा विस्वास गरे ।

यस्तै, कलेज सञ्चालक समितिका सञ्चालक डा।आनन्द प्रसाद श्रेष्ठले प्रशासनीक रुपमा लामो अनुभव संगालेका डा। अन्सारीले कलेजलाई नयाँ उचाईमा पुर्याउन सक्ने बताउँदै कलेजको अनुहार उज्यालो बनाउने वित्तिकै कलेजमा कार्यरत सबै कर्मचारी, फ्याकल्टीहरुको अनुहार उज्यालो हुने बताए । कलेजमा कार्यरत कसैलाई काखा कसैलाई पाखा नगरी एकसाथ लिएर अगाडी बढे सबैले साथ दिने बताए । कार्यक्रममा संघीय सांसदद्वय अच्युत प्रसाद मैनाली, प्रभू हजराले समेत शुभकामना दिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता

काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गरेका छन् ।   बुधबार भएको

१६औं योजनाले उत्पादन र रोजगारीलाई जोड दिएको छ: अध्यक्ष श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६औं आवधिक योाजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् ।

पाँच वर्षभित्र प्रतिव्यक्ति आय २ हजार ३५१ डलर पुर्‍याउने लक्ष्य

काठमाडौँ । सरकारले आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय दुई हजार ३५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ । राष्ट्रिय

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबिच भेटवार्ता

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज बिहान भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौF । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौँ । सरकारले नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने भएको छ । सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालको आफ्नै

Techie IT