Techie IT
२०८२ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालकोशीमा सभामुखका लागि १ बजेसम्म मनोनयन, ३ बजे मतदान

कोशीमा सभामुखका लागि १ बजेसम्म मनोनयन, ३ बजे मतदान


विराटनगर । कोशी प्रदेशको सभामुखका लागि प्रदेशसभा सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । ३ बजे सभामुखका लागि निर्वाचन समय तोकेर सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो ।

मनोनयनका लागि बिहान साढे ११ बजेदेखि १ बजेसम्मका लागि समय तोकिएको छ । १ बजे उम्मेदवारका नामावली प्रकाशन हुनेछ । त्यसपछि आधाघण्टा दाबी विरोधका लागि समय तोकिएको छ ।

दिउँसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । दिउँसो ३ बजेबाट मतदान गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

१६ साउनदेखि रिक्त रहेको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुँदैछन् ।

सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार बनेका उनलाई एमालेले पनि समर्थन गर्ने निर्णय गरेपछि निर्विरोध सभामुख बन्ने भएका हुन् । नेकपा एमाले सांसद लिलाबल्लभ अधिकारीका अनुसार विष्टलाई एमालेले पनि समर्थन गर्नेछ । मंगलबार विहान बसेको बैठकले समर्थन गर्ने निर्णय गरेको उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT